पाकिस्तान र अफगानिस्तानमा पोलियो सङ्क्रमण वृद्धि

काठमाडौँ । पाकिस्तान र अफगानिस्तानमा पोलियो सङ्क्रमितको सङ्ख्या बढेको छ । यसले पाृलियो रोग उन्मूलन गर्ने विश्वव्यापी प्रयासमा चुनौती खडा भएकोे छ ।
सेप्टेम्बर ३० मा विश्व स्वास्थ्य सङ्गठनले अफगानिस्तान र पाकिस्तानमा पोलियो सङ्क्रमितका विरामीहरू बढ्दै गएको भन्दै नियन्त्रणका थप उपाय अवलम्बन गर्न चेतावनी दिएको थियो ।
खामा प्रेसका अनुसार कान्दाहार प्रान्तमा दुई र अफगानिस्तानको हेलमन्ड प्रान्तमा एक जनामा सङ्क्रमणको रिपोर्ट गरिएको छ ।अफगानिस्तानमा तालिबान शासनद्वारा खोप प्रतिबन्धपछि पोलियो सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको रिपोर्टमा उल्लेख गरिएको छ ।
डब्ल्यूएचओले पाकिस्तानमा तीनवटा नयाँ पोलियो सङ्क्रमित भेटिएको पुष्टि गरेको छ भने देशभर यसको सङ्ख्या २६ पुगेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्नायु प्रणालीमा आक्रमण गर्ने अत्यधिक सङ्क्रामक पोलियो भाइरसका कारण पोलियो रोगको लाग्छ । यो व्यक्ति–व्यक्तिको सम्पर्क वा दूषित खाना वा पानी उपभोगबाट फैलिन्छ । यो भाइरस मल–मुत्र वा संक्रमित व्यक्तिको घाँटीबाट निस्कने थोपाबाट सर्छ ।
पोलियो सङ्क्रमितमा ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, थकान महसुस हुने र हातखुट्टा दुख्नेजस्ता लक्षण देखिन्छन् । पोलियो खोप लगाएर पोलियोबाट बच्न सकिन्छ भने यसले बच्चालाई जीवनभर जोगाउन सक्छ ।
खामा प्रेसले सार्वजनिक गरेको तथ्याङ् अनुसार यस वर्षको सुरुदेखि नै अफगानिस्तानमा २० भन्दा बढी र पाकिस्तानमा २४ वटा पोलियोका घटनाहरू रेकर्ड भइसकेका छन् ।
यसअघि, डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा अहमद अल–मन्धारीले ‘अफगानिस्तान र पाकिस्तानले मिलेर काम गर्नुपर्ने उल्लेख गर्नुभएको थियो ।
यद्यपि, प्रयासहरू कम भई सीमाको वरिपरि तनावले अफगानिस्तान र पाकिस्तान दुवैमा रोगविरूद्धको चिकित्सकीय हस्तक्षेप र प्रयासहरूलाई ओझेलमा पारेको छ ।”
युनिसेफ र डब्ल्यूएचओजस्ता विभिन्न संस्थाहरूको नेतृत्वमा विश्वव्यापी पोलियो उन्मूलन प्रयासले पोलियो सङ्क्रमणका घटनामा उल्लेखनीय सुधार भने आएको छ । यद्यपि, पाकिस्तान र अफगानिस्तानमा अहिले पनि एउटै क्षेत्र वा समुदायभित्र पोलियोको सङ्क्रमण दोहोरिने र सङ्क्रमितका घटनामा वृद्धि हुने क्रम जारी रहेको पाइन्छ ।
















बिहीबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया