यात्रुहरुको समस्या सुन्न प्रहरी सहायताकक्ष स्थापना
मेरोन्यूज
२०८१ असोज १८ गते १७:३०

काठमाडौँ । नेपाल प्रहरीले महान चाड दशैंलाई लक्षित गरी देशको विभिन्न स्थानहरुमा यात्रुहरुलाई पर्न सक्ने समस्यालाई केन्द्रित गरि यात्रु सहायता कक्ष स्थापना गरेको जनाएको छ ।
प्रहरीले चाडपर्वमा यात्रा गर्दा साबिक भाडादर भन्दा बढी भाडा लिएमा नजिकैको टाफिक प्रहरी कार्यालय, सहायता कक्ष तथा हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न आग्रह गरेको छ ।
साथै अविरल वर्षाका कारण विभिन्न स्थानहरुमा बाढी तथा पहिरोले गर्दा सडक अवरुद्ध रहेको र प्रहरी परिचालन भई बाटो खुलाउने प्रयास भइरहेको हुँदा लामो यात्रामा निस्किनु भन्दा पहिला नजिक वा सम्बन्धित जिल्ला प्रहरी कार्यालय अथवा केन्द्रीय प्रहरी परिचालन कक्षको नम्बर ९८५१२८५६३५ वा प्रहरीको कन्ट्रोलको १०० नम्बरमा सम्पर्क गर्न सकिने जानकारी दिएको छ ।
सम्बन्धित










एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता
मुस्ताङकाे सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया