भन्सार नतिरी सामान ल्याउन खोज्ने सशस्त्र प्रहरीहरु कारवाहीमा

विभिन्न किसिमको सामान भन्सार नतिरी ल्याउन ल्याउन खोजेको अवस्थामा सशस्त्र प्रहरी बल नेपालका ३ जना कर्मचारी लाई करवाही कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
अफिस प्रयोजनको लागि भन्दै निजि गाडीमा विभिन्न किसिमको लत्ताकपडा भन्सार नतिरी ल्याउन खोजेको अवस्थामा मद्धती सेवा गुल्म कैलालीमा कार्यरत सशस्त्र प्रहरी नायव निरिक्षक अमर विष्ट, सशस्त्र प्रहरी हवल्दार मोहन भट्ट र सशस्त्र प्रहरी सहायक हवल्दार राम बहादुर कुवर लाई नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले विभागीय कारवाही अगाडी बढाएको हो ।
त्रिनगर भन्सार कार्यालयको एरियामा भारतबाट सामान ल्याएको भन्ने तथ्य खुलेपछि उनिहरुलाई नं. ३४ गण कैलालीले नियन्त्रणमा लिएको थियो ।
यसै बिच त्रिनगर नाका हुँदै नेपाल प्रबेश गर्ने यात्रुहरुलाइ अनावश्यक दुख दिएको र पैसा समेत असुलिएको भन्ने गुनासोका आधारमा नं. ३४ गण कैलालिले सुक्ष्म निगरानी गरेको छ ।
यसै गरि सिमानामा आवतजावत गर्ने ब्यक्तिहरुलाई दुख हैरानी दिने तर्फ ध्यान दिदै सशस्त्र प्रहरिका अधिकृत हरुले सादा पोषाकमा खटिएर अनुगमन समेत गरिरहेका छन् ।
















कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया