डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन

काठमाडौं । डिजिटल सवारी चालक अनुमति पत्रको नियमनका लागि ट्राफिक प्रहरीलाई एक सय चार थान स्मार्टफोन हस्तान्तरण गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज शुक्रबार आयोजित कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र बागमती प्रदेश श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले संयुक्त रूपमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई स्मार्टफोन हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा मन्त्री दाहालले प्रभावकारी यातायात व्यवस्थापनका लागि मन्त्रालय र नेपाल प्रहरीबीच नीतिगत मात्र नभएर प्रत्यक्ष सहकार्य शुभारम्भ भएको बताए । आगामी दिनमा ट्राफिक प्रहरीको कामकारबाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने उनको भनाइ थियो ।
प्रहरी महानिरीक्षक कुँवरले सेवा प्रवाहमा सहजीकरण र सरलीकृत होस् भन्ने उद्देश्यका साथ ट्राफिक प्रहरीलाई हस्तान्तरण भएका स्रोत साधन अत्यन्तै उपयोगी सिद्ध हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका जनसम्पर्क सल्लाहकार तथा सूचना प्रविधि विज्ञ, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुखलगायत वरिष्ठ प्रहरी अधिकृत उपस्थित रहेका छन् ।
















सशस्त्रका नयाँ आईजीपी पौडेलले लाए दर्ज्यानी चिह्न
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
होर्मुजमा जहाज आवागमन सहज बनाउन अमेरिकाले प्रोजेक्ट फ्रीडम’ सुरु गर्दै
भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया