सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेलाई कारबाही गर्न प्रेस काउन्सिलको सिफारिस

काठमाडौं । किर्ते कागजात बनाइ सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेहरूलाई कारबाही गर्न प्रेस काउन्सिल नेपालले सिफारिस गरेको छ ।
प्रेस काउन्सिलले दृष्टि मिडिया प्रालिद्वारा सञ्चालित दृष्टिन्यूज डटकमको नाममा परिचयपत्र, कार्यअनुभवपत्र लगायतका नक्कली कागजपत्र बनाइ किर्ते गर्नेहरूलाई कारबाही गर्न सिफारिस गरेको हो ।
विभिन्न नक्कली कागजात बनाई अष्ट्रेलियाका लागि भिसा आवेदन गरेको विषय भारतको नयाँदिल्लीस्थित अष्ट्रेलियन दूतावासले जानकारी उल्लेख गर्दै दोषीउपर कारबाही गर्न नेपाल प्रहरी, उपत्यका प्रहरी कार्यालय काठमाडौँमा पत्राचार गरिएको प्रेस काउन्सिलद्वारा आज जारी विज्ञप्तिमा जनाएको छ ।
त्यसैगरी दि हिमालयन टाइम्स दैनिक र यसको अनलाइनपोर्टलबाट इलाइट हिमालयन एडभेन्चर्स प्रालि र निर्मल पूर्जाको नामसँग जोडेर विभिन्न मितिमा पटकपटक एकपक्षीय सामग्री सम्प्रेषण गरेको भनी दर्ता भएको उजुरीको अध्ययन गर्न काउन्सिलका सदस्य ठाकुरपसाद बेलबासेको संयोजकत्वमा तीन सदस्यीय कार्यदलसमेत गठन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


















रवि लामिछानेसम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश
नयाँ सांसदहरूको शपथ चैत १२ गते
निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
प्रतिक्रिया