लेबनानको सीमामा इजरायली सेनासँग झडप जारी

हिजबुल्लाहले इजरायली सेनासँग लेबनानको सीमा क्षेत्रमा जारी झडपमा सक्रिय रहेको शनिबार जनाएको छ ।
“इजरायली सैनिकले अदासेह गाउँ छेउछाउतर्फ अघि बढ्ने प्रयास जारी राखेसँगै हिजबुल्लाह लडाकुले उक्त प्रयासको सामना गर्दा झडप भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
निरन्तरको झडपपछि हिजबुल्लाह लडाकुहरूले इजरायली सेनालाई त्यस क्षेत्रबाट “पछि हट्न“ बाध्य पारेको विज्ञप्तीमा जनाइएको छ ।
इरान समर्थित लेबनानी समूहले दक्षिण लेबनानको यारुन क्षेत्रमा “साल्वो रकेट” साथै सीमापार क्षेत्रमा रहेका सैनिकलाई लक्षित गरी आक्रमाण गरेको बताएको छ ।
हिजबुल्लाह र इजरायलले लामो समयदेखि दैनिक सीमापार गोलाबारी गर्दै आएका छन् ।
विस्थापितहरूको उचित व्यबस्थापनका लागि इजरायलको उत्तरी क्षेत्रलाई सुरक्षित बनाउने प्रयासमा हिजबुल्लाहलाई लक्षित गरिरहेको भन्दै इजरायलले बमबारीलाई तीव्र बनाएको छ भने यसै हप्तामा आफ्नो सेनाले दक्षिणी लेबनानका केही भागहरूमा भूमि आक्रमण सुरु गरेको घोषणासमेत गरेको छ ।
















विद्युत् सेवाको पहुँचले फेरियो खैराङवासीको जीवनशैली
सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया