नाइजेरियामा १० हजारभन्दा बढीमा हैजा संक्रमण, ३५९ जनाको मृत्यु

अबुजा । यस वर्षको जनवरीदेखि सेप्टेम्बरको बीचमा दक्षिणपश्चिमी राज्य लागोससहित ३३ वटा नाइजेरियाली राज्यमा हैजाको प्रकोपले कम्तीमा ३५९ जनाको मृत्यु भएको नाइजेरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसीडीसी) ले जनाएको छ।
राजधानी अबुजामा हैजाको प्रकोपको अद्यावधिक गरिएको तथ्याङ्कमा जनस्वास्थ्य विभागले सङ्क्रमितको सङ्ख्या बढेर दश हजार ८३७ पुगेको पुष्टि गरेको छ।
यस वर्ष अहिलेसम्म नाइजेरियाका ३३ वटा राज्यमा हैजाको घटना सुचित गरिएको छ। गत हप्ता मात्रै पाँच राज्यमा १ सय ९८ वटा नयाँ सङ्क्रमण रिपोर्ट गरिएको थियो जसमा मृत्युको अनुपात ७.६ प्रतिशत रहेको एनसीडीसीले जनाएको छ।
क्षेत्रीय राष्ट्रिय हैजा प्राविधिक समूहको नेतृत्व गर्दै, एनसीडीसीले अधिकारीहरूलाई हैजा रोकथामको तयारी र प्रतिस्थापन योजना बढाई आपतकालीन व्यवस्थापनको लागि क्षमता विकास गर्न आग्रह गरेको छ।
प्रकोपबाट प्रभावित समुदायमा खुलारुपमा दिशा पिशाब गर्ने गलत अभ्यास रहेको एनसीडीसीले उल्लेख गरेको छ।
पिउने पानी र सरसफाइमा कमजोर पहुँचलाई प्रकाश पार्दै एनसीडीसीले यस्तो अस्वस्थ्य अभ्यासले हैजा फैलावट रोक्ने देशको प्रयासमा चुनौती खडा गरेको जनाएको छ।
हैजा एक अत्यधिक विषाक्त रोग हो जुन गम्भीर झाडा–पखालाको अचानक सुरुवातको विशेषता हो। यसले शरिरमा तरल पदार्थको कमी (डिहाइड्रेसन) का कारण मृत्यु निम्त्याउन सक्छ।
विशेष गरी घना जनसङ्ख्या भएका क्षेत्रहरूमा पिउने पानीको आपूर्तिको अभावका कारण नाइजेरियामा हैजाको प्रकोप बारम्बार बढिरहेको जनाइएको छ।
















लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
इरानको एक सपिङ सेन्टरमा आगलागी हुँदा ८ जनाको मृत्यु
हतियार देखाएर सुनचाँदी पसल लुट्न खोज्ने २ जना पक्राउ
टेक्सासमा गोली हानाहान : २ जनाको मृत्यु, ३ घाइते
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया