अमेरिकी राष्ट्रपति निर्वाचन शान्तिपूर्ण हुनेमा विश्वस्त छैन : बाइडेन

काठमाडौं । राष्ट्रपति जो बाइडेनले शुक्रबार नोभेम्बरमा हुने अमेरिकी चुनाव शान्तिपूर्ण हुने कुरामा विश्वस्त नभएको बताएका छन् । सन् २०२० को हारलाई अस्वीकार गर्ने रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पको भड्किलो टिप्पणीलाई उद्धृत गर्दै बाइडेनले यो टिप्पणी गरेका हुन् ।
ट्रम्पले सन् २०२० मा बाइडेनसँगको हारपछि चुनावमा व्यापक घोटाला भएको आरोप लगाएपछि उनका समर्थकहरुले राजधानीमा तोडफोड गरेका थिए । ‘म विश्वस्त छु कि यो निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनेछ । तर यो शान्तिपूर्ण हुन्छ वा हुँदैन मलाई थाहा छैन’, बाइडेनले चुनावको बारेमा छलफल गर्दा सञ्चारकर्मीलाई भने ।
‘ट्रम्पले अन्तिम पटक चुनावको नतिजा मन नपराउँदा गरेका टिप्पणीहरु निकै खतरनाक थिए ।’ रिपब्लिकनको पराजयपछि उनँका सयौं समर्थकहरुले द्वन्द्व फैलाएपछि ट्रम्पलाई सन् २०२१ मा विद्रोह उक्साएकोमा महाभियोग लगाइएको थियो ।













कैलाली-४ बाट एमाले उपमहासचिव लेखराज भट्ट एकल सिफारिस
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
रास्वपाको समानुपातिक बन्दसूचीबाट आसिफले लिए नाम फिर्ता, प्रत्यक्षमा लड्ने
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया