भारतको मेघालयमा बाढी र पहिरोमा परी १० जनाको मृत्यु

काठमाडौँ । भारतको उत्तरपूर्वी राज्य मेघालयमा बाढी र पहिरोका कारण कम्तीमा दश जनाको मृत्यु भएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले राज्यको ‘गारो हिल्स’ क्षेत्रमा ठूलो क्षति पुगेको हो ।
मेघालयका मुख्यमन्त्री कोनराड संगमाले बाढीको अवस्थाको समीक्षा गर्दै जिल्ला प्रशासनलाई स्थानीय सरकारसँग सहयोग लिन र प्रभावित क्षेत्रमा राहत कार्य सुनिश्चित गर्न निर्देशन दिएका छन् ।
पश्चिम गारो हिल्स जिल्ला दलु-३ र दक्षिण गारो हिल्स जिल्ला ग्यासुआपारा-७ मा बाढी र पहिरोमा परी १० जनाको मृत्यु भएको मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अधिकारीहरूका अनुसार स्टेट डिजास्टर रेस्पोन्स फोर्स (एसडीआरएफ)का कर्मचारीहरूले प्रभावित क्षेत्रमा उद्धार कार्य गरिरहेका छन् ।
पाँच जिल्लाका प्रभावित क्षेत्रमा व्यापक क्षति भएको जनाइएको छ । पानी बढेपछि काठका पुल भत्किएका छन् । बगेका पुल तत्काल पुनर्निर्माण गर्न मुख्यमन्त्रीले निर्देशन दिएका छन् ।
मेघालयको पश्चिमी गारो हिल्सबाट बगेको वर्षाको पानीले छिमेकी आसम राज्यको मानकाचरमा बाढी आएको र धेरै गाउँहरू डुबानमा परेको रिपोर्टहरूमा उल्लेख गरिएको छ ।













कैलाली-४ बाट एमाले उपमहासचिव लेखराज भट्ट एकल सिफारिस
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
रास्वपाको समानुपातिक बन्दसूचीबाट आसिफले लिए नाम फिर्ता, प्रत्यक्षमा लड्ने
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया