ऊर्जामन्त्री खड्काद्वारा समाजसेवी शाक्यको ‘अनुभवका पाइलाहरू’ कृति विमोचन

काठमाडौँ । वरिष्ठ समाजसेवी गंगा पन्तको ‘अनुभवका पाइलाहरू’ कृति विमोचन गरिएको छ । सङ्खुवासभाको चैनपुरमा जन्मेर पन्तले आफ्नो जीवनमा गरेका संघषबारे लेखेको उक्त पुस्तकको आज उनले विमोचन गरे।
कार्यक्रममा ऊर्जामन्त्री दीपक खड्काले मातृभूमिलाई माया गरेर आफ्नो जीवनमा गरेका संघर्षलाई आगामी पुस्ताका लागि मार्गदर्शन बन्ने बताए । “माओवादी द्वन्द्वकालमा धेरै मानिसहरू आफ्नो जन्मभूमि छाडेर विभिन्न स्थानमा हिँडेको अवस्थामा लेखकले आफ्नो जन्मभूमिलाई सम्झेर पुस्तक लेख्नु अरूका लागिसमेत प्रेरणाको स्रोत बनेको छ”, मन्त्री खड्काले भने।
आफ्नो भूगोललाई सम्झेर लेखिएको पुस्तकले समाजप्रति उत्तरदायी बन्न पुस्तकले प्रेरणा प्रदान गरेको उनको भनाइ थियो । मन्त्री खड्काले मानिस भएर जन्मेपछि केही न केही सम्झने कुरा छाडेर जाँदा नयाँ पुस्तालाई खोज र अनुसन्धानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
पुस्तकका लेखक शाक्यले आफ्नो जीवनका भोगाइ र ग्रामीण जीवनशैलीलाई पुस्तकमार्फत प्रकाशनमा ल्याएको बताए। एक सय ५० वर्ष पहिले ललितपुरको पाटनबाट बसाइँ सरेर सङ्खुवासभाको चैनपुरमा पुगेको शाक्य परिवारले गरेको योगदानलाई समेत पुस्तकमा समावेश गरिएको उनको भनाइ थियो ।
















भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छः राष्ट्रपति
President Paudel lays foundation for Bhanu Literary Park in Tanahu
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
Chinese Ambassador calls on Minister Pokharel
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
प्रतिक्रिया