जसपा नेपाल प्रोग्रेसिव एलाइन्सको सदस्यमा निर्वाचित

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रोग्रेसिव एलायन्सको सर्वसम्मत सदस्य निर्वाचित भएको छ।
चिलीको राजधानी स्यान्टीयागोमा अक्टोबर ५ र ६ तारिखमा आयाजित प्रोग्रेसिव एलाइन्सको ग्लोबल कन्भेन्सनबाट जसपा नेपाल सदस्यमा सर्वसम्मत निर्वाचित भएको हो। यससँगै १९० देशका राजनीतिक पार्टीहरु सदस्य रहेको प्रोग्रेसिव एलायन्सको जसपा नेपाल सदस्य पार्टी भएको छ।
प्रोग्रेसिव एलाइन्स सम्पूर्ण महादेशहरुका समाजवादी, सामाजिक लोकतान्त्रिक, श्रमिक र प्रगतिशील पार्टीहरुको अन्तर्राष्ट्रिय संगठन हो।
प्रगतिशील र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको युगको लागि स्वतन्त्रता, सामाजिक न्याय, मानव अधिकारको रक्षा, लैङ्गिक विभेद, सामाजिक आर्थिक तथा जातिय विभेद, असमानता र उत्पीडनको अन्त्य, पर्यावरणीय सुरक्षाजस्ता अवधारणाहरुका साथ प्रोग्रेसिव एलाइन्सको कन्भेन्सन सम्पन्न भएको छ।
उक्त कन्भेन्सनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र विदेश विभाग प्रमुख अर्जुन थापाले पार्टीको तर्फबाट प्रतिनिधित्व गरेका थिए।











रौतहटको मदिरा उद्योगमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
निर्वाचनकाे सुरक्षा तयारी चुस्तदुरुस्त बनाउन कर्णाली प्रदेशका सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन
प्रतिक्रिया