केन्द्रीय कारागारको वार्षिक प्रतिवेदन सार्वजनिक

काठमाडौं । केन्द्रीय कारागार अस्पतालमा छालाका विरामी धेरै रहेको पाइएको छ ।
काठमाडौं आज आयोजित अस्पतालको वार्षिक प्रगति प्रतिवेदन र स्मारिका विमचोन कार्यक्रममा अस्पतालका प्रमुख मैडिकल सुपरिटेन्डेन्ट डा। प्रकाश बुढाथोकीले अस्पतालमा रहेका १७ प्रतिशतमा छालाको रोग रहेको बताए । उनले कारागारमा रहेका सर्ने र नसर्नै रोगका विरामीलाई छुट्छाछुट्टै राख्न नसकिएकोले छाला जस्तो सर्ने रोगमा विरामी धेरै रहेको बताए ।
डा. बुढाथोकीका अनुसार छालापछि आँखा, दाँत र मानसिक रोगी पनि रहेका छन् । उनले कारागारमा क्षमता भन्दा बढी कैदी भएकोले सर्ने रोगहरु चाँडै सर्ने गरैको बताए ।
अस्पतालका प्रमुख मैडिकल सुपरिटेन्डेन्ट डा. बुढाथोकीले कारागारमा क्षयरोग र एचआइभीका सङ्क्रमित बाहिर हल्ला गरेजस्तो नभएको बताए ।
अस्पतालले २६ सरकारी र केही निजी अस्पतालसंग सम्झौता गरि कैदीबन्दीको निःशुल्क उपचार गर्दै आइरहेको छ । उनले कारागार अस्पताललाई सामान्य र नख्खुस्थित अस्पताललाई मानसिक अस्पताल बनाउने गरि प्रक्रिया अगाडि बढैको समेत जानकारी दिए ।
कार्यक्रममा गृहमन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले कैदीबन्दीलाई स्वास्थ्य सैवा चुनौतिपूर्ण रहेको बताए । उनले अस्पताल सुधार गर्नका लागि मन्त्रालय लागिपरेको समेत बताए ।
सरकारले कैदीबन्दीको निःशुल्क उपचारको व्यवस्था मिलाइएको भन्दै व्यवस्थिति गर्नुपर्नै बताए ।
नेपालमा ७२ जिल्लामा ७६ वटा कारागार रहेको छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले कैदीबन्दीलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न मन्त्रालयमा पनि क्रियाशिल रहेको बताए । उनले कारागारमा मानसिक अवस्था कैदीको जटिल भएकोले मानसिक चिकित्सकको दरवन्दी थप्नुपर्ने बताए ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई कैदीको स्वास्थ्य अवस्था जलिट रहेकोले अस्पतालमा उपचार सम्भव नभएकोले सुधार गर्नुपर्ने बताए ।
३० शैय्याको अस्पतालमा अहिले कैदीबन्दीलाई बहिरङ्ग सेवा, मनोरोग, छालारोग, जनरल मेडिसिन, आँखा तथा दाँतको रोगको उपचार तथा अल्ट्रासाउण्ड, इसिजी सेवा प्रदान गर्दै आइरहेको छ ।












नेपाल विद्युत् प्राधिकरणले माग्यो विभिन्न पदमा २६० भन्दा बढी कर्मचारी
परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना
पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
प्रतिक्रिया