कर्णाली प्रदेशमा तेत्तीस ठूला आयोजना अलपत्र

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ठेक्का लगाएका ३३ आयोजना निर्माण व्यवसायीले समयमै काम नगर्दा अलपत्र छन् ।
सूचना अधिकारी प्रविण कार्कीका अनुसार जाजरकोटमा पाँच, डोल्पामा एक, कालिकोटमा चार, दैलेखमा पाँच, सुर्खेतमा सात, हुम्लामा दुई, जुम्लामा एक, मुगुमा चार, रुकुमपश्चिममा दुई र सल्ल्यानमा दुई गरी ३३ वटा आयोजना अलपत्र छन् ।
बहुवर्षीय तथा स्रोत सुनिश्चितता भएका आयोजना अलपत्र परे पनि प्रदेश सरकार बेखबर बन्दै आएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले गुनासो गर्नुभयो । आर्थिक वर्ष २०८० \ ८१ मा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ९४.८० किलोमिटर सडक कालोपत्र गरेको छ ।
सबैभन्दा बढी सुर्खेतमा ३०.३३ किमी, दैलेखमा ९.६, जुम्लामा २.६३, सल्यानमा १७.३ किमी, रुकुमपश्चिममा २० मिटर, कालिकोटमा १.१६६ किमी, मुगुमा ०.३ मिटर, जाजरकोटमा ०.४४ किमी र सडक कार्यालयले १२.४ किलोमिटर गरी जम्मा ९४.८० किलोमिटर सडकमा पिच गरिएको छ ।
हुम्ला, डोल्पामा पक्की सडक निर्माण भएको छैन । कर्णालीका १० जिल्लामा १८६.६ किलोमिटर ग्राभेल सडक निर्माण भएको सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो । हालसम्म अठारवटा सडकमा पुल निर्माण भएको बताएको छ ।
सुर्खेतमा सबैभन्दा बढी पुल निर्माणका काम भएका छन्भने कालिकोट, मुगु, हुम्ला, डोल्पा र जाजरकोटमा त्यो शून्यप्रायः छ । तीन सय ८४ वटा साना तथा मझौला आयोजना सम्पन्न भएकामा ८८ वटाको काम जारी रहेको र ६५ वटा कार्यान्वन हुन बाँकी छ । नसकेकामा राखिएको छ । उक्त मन्त्रालयका अनुसार रु ३० लाखभन्दा कम लागतका ९६ वटा योजनामध्ये नौवटा सम्पन्न भएका छन् ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया