सङ्खुवासभामा ७५ लाखका खसीबोका बिक्री

खाँदबारी । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा दसैँका लागि करिब ७५ लाखको खसीबोका बिक्री भएका छन् ।
भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रका अनुसार १० स्थानीय तहमा लाग्ने साप्ताहिक हाटबजारमा रु ७५ लाख बराबरको खसीबोका बिक्री भएको हो । खसीबोकाको माग बढ्दा धमाधम बिक्री हुन थालेपछि खसीबोका पाल्ने किसानलाई जीविकोपार्जन मात्र नभइ दसैंँ तिहार जस्ता चाडपर्व मनाउन सहज भएको छ ।
साप्ताहिक हाटबजारमा पु¥याएपछि खसीबोका बेच्न समस्या नभएको किसानले बताएका छन् । स्थानीय हाटबजारमा जिउँदो खसीबोका तौल गरेर बिक्री गर्ने, मूल्य निर्धारण मात्र होइन, बजारीकरणसमेत हुदै आएको विज्ञ केन्द्रका प्रमुख हिमालय पोख्रेलले बताए । सबैभन्दा बढी खसीबोका सदरमुकाम खाँदबारीमा लाग्ने साप्ताहिक हाटमा बिक्री भएको थियो । किसानले उत्पादन गरेका खसीबोका सोझै उपभोक्तासम्म पुग्ने र पछिल्लो समय राम्रोसँग बजार पाउने भएपछि जिल्लाका किसानसमेत उत्साहित भएका छन् ।
जिल्ला सदरमुकाम खाँदबारीको हाटमा शनिबार दसैँको लागि ल्याइएको खसीहरु खरिद बिक्री गर्दै स्थानीय । अहिले खसीको मूल्य प्रतिकिलो रु आठ सयदेखि एक हजारसम्म बिक्री भइरहेको छ ।

















कालीमाटीमा गोलभेँडा किलोको ५०, गाजरकाे २५ ,अन्य तरकारीको कति ?
काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
यस्तो छ बुधबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : कस्ताे रहला आज देशभरकाे माैसम ?
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
प्रतिक्रिया