च्यासलमा मनोहराको बाढी पसेर ध्वस्त बनाए पछि एमालेले किर्तिपुरमा पार्टी कार्यालय बनाउने

च्यासलमा मनोहराको बाढी पसेर ध्वस्त बनाए पछि एमालेले किर्तिपुरमा पार्टी कार्यालय बनाउने
काठमाडौं, २४ असोज । नेकपा एमालेले कीर्तिपुर–२ मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने भएको छ ।
बल्खुको भवन भुकम्पले भत्काए पछि धुम्बाराही, थापाथली हुदैँ च्यासल ललितपुरमा स्थान्तरण हुदैँ आएको पार्टी कार्यालय अब किर्तिपुरमा निर्माण गरिन लागिएको हो ।
आज अपरान्ह बसेको एमाले सचिवालय बैठकले मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने निर्णय गरेको हो । जसको भोली शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गर्नेछन् ।
शुक्रबार १२ बजेर २५ मिनेटको शुभ साइतमा पार्टी कार्यालयको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । सो स्थानमा झन्डै १२ रोपनी जग्गा रहेको छ ।
च्यासलमा रहेको केन्द्रीय कार्यालयमा पटक पटक मनोहराको पानी पसे पछि एमालेले किर्तिपुरमा पार्टी कार्यालय बनाउन लागेको हो ।










थारू महिलाको पौरख : नेपालगञ्जलाई अर्ग्यानिक स्वाद
एनपीएलको टिकट बुकिङ खुला, मूल्य ५ सयदेखि २ हजारसम्म
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको मृत्युको अफवाह फैलिएपछि सन्नी देओल के भन्छन् ?
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णय
फुटबलबाट सन्यास लिँदै रोनाल्डो
प्रतिक्रिया