जीवित देवी कुमारीलाई दर्शनका लागि दरबार परिसरको मूलचोकमा राख्दै
मेरोन्यूज
२०८१ असोज २४ गते २०:३९

काठमाडौँ । हनुमानढोकास्थित प्रसिद्ध देवी तलेजु भवानीलाई विधि विधानपूर्वक दरबार परिसरको मूलचोकमा राखिएको छ ।जीवित देवी कुमारीलाई कालरात्रिका दिन दर्शन गराउन तान्त्रिक विधिबाट विशेष बाजागाजासहित मन्दिरबाट मूलचोकमा राखिएको कुमारी घरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिए ।
उनका अनुसार प्रत्येक वर्ष फूलपातीका दिन शुभसाइत पारेर सारिएकी देवीलाई पूजा गरेपछि दशमीका दिन फेरि तलेजु मन्दिरमा लगेर विराजमान गराइने प्रचलन छ । दशमीका दिन मन्दिरमा फर्काएपछि विजयादशमीको टीका सुरु गर्ने जनाएको छ ।
तलेजु भवानी मन्दिर प्रत्येक वर्ष महानवमीका दिन मात्रै पूजाआराधनाका लागि खुला गर्ने गरिन्छ । तलेजुलाई सन् १३२२ मा हरिसिंहदेवले सिम्रौनगढबाट काठमाडौँ उपत्यकामा ल्याएको इतिहास छ ।
सम्बन्धित
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया