असोज २५ गते शुक्रवार : तपाइकाे आजकाे दिन कस्ताे रहला ? हेर्नुहाेस राशिफल

काठमाडौं । आज २०८१ साल असोज २५ गते शुक्रवार र तदनुसार सन् २०२४ अक्टोबर ११ तारिख । असोज शुक्ल पक्षकोअष्टमी तिथि ।दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।
मेष : आज धार्मिक र सांस्कृतिक कार्यमा मन जानेछ । अरुलाई प्रभावित पारेर काम बन्ने र धनागम हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
वृष : महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झिनु पर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।
मिथुन : आज गरेको कार्यमा सफलता मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ ।
कर्कट : सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अधुरो व्यावसायिक काम अगाडि बढ्न सक्छ, तर स्वास्थ्य प्रति सजग रहनुपर्छ ।
सिंह : आज घुमफिर र मनोरञ्जन हुनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ, तर क्रोध भाव बढ्नसक्छ ।
कन्या : मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । कार्यमा व्यवधान आइपर्ला र स्वास्थ्य प्रति सजग रहनुपर्छ ।
तुला : आज रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोग भाव आउला । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।
वृश्चिक : आज प्रणयसम्बन्ध कसिलो हुने समय रहेको छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दिनको उत्तरार्धमा अनावश्यक खर्च बढ्न सक्छ ।
धनु : आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।
मकर : आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । धार्मिक यात्रा हुनसक्छ ।
कुम्भ : आज शुभ कार्य र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । परिवारमा सुख सन्तोष छाउला ।
मीन : मन प्रसन्न रहने र स्वादिष्ट परिकारको अवसर जुर्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम अनुसार राम्रै प्रतिफल प्राप्त हुनेछ ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया