शनिबार, पुष १९, २०८२

बोइङले १० प्रतिशत कर्मचारी कटौती गर्ने

मेरोन्यूज २०८१ असोज २६ गते १६:२१

बोइङले आगामी केही महिनामा आफ्ना १० प्रतिशत कर्मचारीलाई हटाउने कम्पनीले शुक्रबार जनाएको छ । एक महिना लामो हडतालका कारण बोइङको उत्पादनमा कटौती हुने कम्पनीले जनाएको छ ।

बोइङका अनुसार रोजगारी कटौतीले कम्पनीका सबै तहका करिब १७, हजार कामदारलाई असर पार्नेछ।

क्मप्नीले २९ वटा जेटका लागि हालको माग पूरा गरेपछि सन् २०२७ मा ७६७ मोडेलको (वाइडबडी मालवाहक( जहाजको उत्पादन बन्द गर्नेछ । कम्पनीले आफ्नो नयाँ ७७७ एक्सको उत्वादनलाई बजारमा ल्याउने प्रक्रियालाई सन् २०२६ सम्म सार्ने बताएको छ ।

प्रमाणीकरणको वर्षौंको ढिलाइ र हालैको एक त्रुटिपूर्ण भागको खोजपछि बोइङको नयाँ ७७७ मोडेलले यस वर्षको सुरुमा परीक्षण उडानहरू रोकेको थियो।

प्रतिक्रिया