शान्ति सैनिकमाथि गोली नचलाउन इजरायललाई बाइडेनको आग्रह

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनानमा खटिएका शान्ति सैनिकमाथि गोली नचलाउन इजरायललाई आग्रह गरेका छन् । लेबनानमा हिजबुल्लाहसँगको लडाइँका क्रममा इजरायलले संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकमाथि गोली चलाएको एक दिनपछि राष्ट्रपति बाइडेनले यस्तो नगर्न आग्रह गरेका हुन् ।
पछिल्लो ४८ घण्टामा लेबनानमा संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकमाथि गोली चलाएका दुई घटना भएका छन् । लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) का दुई जना श्रीलङ्काली सैनिक गोलीबारीका क्रममा घाइते भएका छन् ।
इजरायली सेना (आईडीएफ) ले घटनाको लागि आफ्ना सैनिकहरू जिम्मेवार रहेको बताएको छ । फ्रान्स, इटाली र स्पेन लगायतका देशले यस घटनाको कडा निन्दा गरेका छन् ।
तीन देशले संयुक्त वक्तव्य जारी गर्दै इजरायलको कार्य पूर्ण रूपमा गलत भएको बताएका छन् । श्रीलङ्काको विदेश मन्त्रालयले पनि इजरायली सेनाको कारबाहीको कडा निन्दा गरेको छ ।
















दराजले ल्यायाे ५.५ बिग समर सेल
डब्ल्यूएचओद्वारा दोस्रो ‘हान्टाभाइरस’ सङ्क्रमण पुष्टि
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा साढे दुई लाख विदेशी पर्यटक
२४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया