असोज २७ गते आइतवार : तपाइकाे आजकाे दिन कस्ताे रहला ? हेर्नुहाेस राशिफल

काठमाडौं । आज २०८१ साल असोज २७ गते आइतवार र तदनुसार सन् २०२४ अक्टोबर १३तारिख । असोज शुक्ल पक्षको एकादशी तिथि । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।
मेष : आज कीर्तिमानी काम गर्ने समय छ । कार्यमा सफलता मिल्नेछ । मन्दिरको दर्शनले काम सम्पन्न गर्न थप ऊर्जा र उत्साह मिल्नेछ ।
वृष : आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । शेयर बजार र वित्तिय संस्थाबाट लाभ मिल्नेछ ।
मिथुन : यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । चोटपटकको भय छ, सचेत रहनुहोला । साँझमा भने नयाँ कार्यको योजना बन्नेछ ।
कर्कट : आज विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । नयाँ कामको थालनी र लाभदायी सुखद् यात्राको योग पनि छ ।
सिंह : शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ । व्यापारमा वृद्धि हुनुका साथै कार्य लाभका योग पनि देखिन्छन् ।
कन्या : साझेदारी, वैदेशिक कार्य र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । घरमा अतिथिको आगमन हुनेछ ।
तुला : आज अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ ।
वृश्चिक : आज धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ ।
धनु : टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।
मकर : बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । कुनै कुराले आत्मिक सन्तुष्टि मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु होला ।
कुम्भ : अनावश्यक यात्रा हुने र कार्य सम्पादनमा समस्या आउला । स्वादिष्ट भोजनमा खर्च बढ्नेछ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
मीन : ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया