भारतमा एक नेताको गोली हानी हत्या

काठमाडौं । भारतमा एकजना नेताको गोली हानेर हत्या भएको छ । कांग्रेस छाडेर हालैमात्र अजित पवार गुट (एनसीपी)मा प्रवेश गरेका बाबा सिद्धिकीको शनिबार राति मुम्बईको बान्द्रा इस्ट भन्ने स्थानमा गोली हानेर हत्या भएको हो ।
छातीमा गोली लागेर गम्भिर घाइते भएका उनलाई लिलावती अस्पताल भर्ना गरिएको थियो । अस्पतालमै उनको मृत्यु भएको हो ।उनी ४८ वर्षदेखि कांग्रेसमा थिए । यसै वर्षको फेब्रुअरी महिनामा उनी कांग्रेस छाडे्र एनसीपीमा प्रवेश गरेका थिए ।
भारतीय मिडियाहरुका अनुसार उनको हत्याको घटना अनुसन्धानको क्रममा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि सोधपुछ चलिरहेको छ ।
उनी छोरा जिशान सिद्धिकीको घरमा जाँदै गर्दा अज्ञात समूहले गोली हानेको थियो । मुख्यमन्त्री एकनाथ शिन्देले बाबा सिद्धिकीको मृत्यु भएको र घटनाको अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् । अरु दुई जना भने फरार छन् ।
















क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
प्रतिक्रिया