बिहीबार, वैशाख १७, २०८३

अष्ट्रेलियन क्रिकेटर ब्राड हज सुदूरपश्चिम रोयल्सको मेन्टर

मेरोन्यूज २०८१ असोज २८ गते ११:५१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)का लागि सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरेको छ।

Advertisement
NiccNicc

प्रमुख मेन्टर नियुक्त गर्दै रोयल्सले हजको आगमनले एनपीएलमा आफ्नो टिमले उच्च प्रदर्शन गर्ने अपेक्षा गरेको छ ।

अस्ट्रेलियाका लागि एक सयभन्दा बढी एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका पूर्वस्पिनर हगले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल)समेत खेलेका छन्।

दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमट्टा रहेका छन्।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा १६ मंसिरदेखि एनपीएल सुरु हुँदैछ।

प्रतिक्रिया