हुम्लीलाई अन्नबाली भित्र्याउने चटारो

हुम्ला। हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट तीन दिनदेखि सुनसान छ । बडादसँैंमा गाउँ फर्केकाहरु टीका सकिए पनि सदरमुकाम फर्किन बाँकी रहेकाले सुनसान भएको हो ।
दसैँमा पहिलो पटक सिमकोट बजार यति धेरै सुनासान देखिएको स्थानीय व्यापारी बताउँछन् । सदरमुकाममा तल्लो र माथिल्लो गाउँका केही सर्वसाधारण मात्रै भेटिने गरेका छन् । बजारका व्यवसायी, कर्मचारी, शिक्षक र विद्यार्थी दसैँ मनाउन घर गएका छन् ।
दसैंमा खुलेका पसलमा पनि ग्राहक नआएको सदरमुकाममा पसल गर्दै आएका नरेन्द्र भण्डारीले बताए । सदरमुकाम सुनसान हुनुको कारण स्थानीयलाई कात्तिकमा पाक्ने अन्नबाली भित्र््याउने चटारो रहेको स्थानीय मुकुन्द रोकायाले बताए।
छ महिनाको लगानी खेर जाने चिन्ताले पनि दसैँभन्दा कामलाई बढी प्राथमिकता दिँदा दसैँले नछोएको रोकायाको भनाइ छ । “अहिले खेतमा पाकेको फल(तुल) घर नभित्र्याए हिउँदको छ महिना कसरी घर गुजारा गर्ने”, उनले भने।
अष्टमीको दिन दसैँ मनाएर हिउँदमा पशुपक्षीका लागि घाँसको बन्दोबस्त गर्न र अन्नबाली भित्र्याउन व्यस्त भएको सिमकोट गाउँपालिका–२ बदुम बोहराले बताए । यहाँका गाउँमा चिनो, कागुनो, कोदो, सिमी पाकेकाले भित्र्याउनमा स्थानीयवासी व्यस्त भएका हुन् ।
















विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान
काठको मुढाले च्यापिएर बालकको मृत्यु
हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया