शनिबार, पुष १९, २०८२

मनकामना केबलकार आजदेखि तीन दिन बन्द हुँदै

मेरोन्यूज २०८१ असोज २९ गते ७:०५

 काठमाडौं । मनकामना केबलकार आज असोज २९ गतेदेखि तीन दिनसम्म बन्द भएको छ । मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गरिएको हो ।

केबलकारका नयाँ तार फेर्नुपर्ने, लठ्ठाहरुलाई छोट्याउनुपर्ने लगायतका काम गर्नुपर्ने भएकाले तीन दिनका लागि सेवा बन्द भएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

प्रतिक्रिया