मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित

काठमाडौं । लिओनल मेसीले ह्याट्रिक गरेपछि सन् २०२६ को विश्वकपअन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले बोलिभियालाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ ।
बुधबार राति भएको खेलमा मेसीले खेलको १९औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल गरेका मेसीले ८४औं र ८६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।
अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले ४३औं, जुलियन अल्भारेजले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे । दुवै गोलका लागि मेसीले असिस्ट गरेका थिए । यस्तै थियागो अल्माडाले ६९औं मिनेटमा गोल गरेका थिए ।
छनोटमा सातौं जित हात पारेको अर्जेन्टिनाले १० खेलबाट २२ अंक जोडेर शीर्ष स्थानमा छ । बोलिभिया १० खेलबाट १२ अंकसहित सातौं स्थानमा छ ।
दक्षिण अमेरिकी छनोटकै अन्य खेलमा ब्राजिलले पेरुलाई तथा कोलम्बियाले चिलीलाई समान ४-० अन्तरले पराजित गरेको छ । यस्तै पाराग्वेले भेनजुएलालाई २-१ ले पराजित गर्दा उरुग्वे र इक्वेडरले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।













गुरुङ समुदायमा आज तमु ल्होसार पर्व मनाइँदै
पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आज देशभरको मौसम ?
आज २०८२ साल पुस १५ गते मंगलबारको राशिफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया