पाकिस्तानलगायत १२ देशका २० लाख बालबालिकामा कुपोषणको गम्भीर समस्या

विश्वका विभिन्न मुलुकका २० लाख बालबालिका कोषको अभावका कारण गम्भीर कुपोषणको जोखिममा रहेको युनिसेफले जनाएको छ ।
युनिसेफका अनुसार पाकिस्तानसहित १२ देशमा जीवन रक्षाका लागि कोषको अभावका कारण बालबालिकाले मृत्युको उच्च जोखिमको सामना गरिरहेका छन् । सन् २०२५ को मध्यसम्ममा प्रभावित देशको खाद्यान्न समाप्त हुन सक्ने चेतावनीसमेत युनिसेफले दिएको छ ।
तयारी अवस्थामा रहेको खानाका लागि कोषको अभावले प्रभावित देशमा बालबालिका उपचारको जोखिममा परेको अनुमान गरिएको छ । माली, नाइजेरिया, नाइजर र चाड लगायतका देशले यसअघि नै तयारी अवस्थामा रहेको खानाका लागि भण्डारण सकिएको बताएका छन् । क्यामरुन, पाकिस्तान, सुडान, मेडागास्कर, दक्षिण सुडान, केन्या, कङ्गो लोकतान्त्रिक गणतन्त्र र युगान्डामा सन् २०२५ को मध्यसम्ममा स्टक समाप्त हुन सक्ने युनिसेफले जनाएको छ ।
आर्थिक मन्दी र जलवायु परिवर्तनका कारण धेरै देशहरूमा पाँच वर्ष मुनिका बालबालिकामा गम्भीर कुपोषणको समस्या बढेको छ । युनिसेफका अनुसार पौष्टिक र सुरक्षित खानाको अभाव र बारम्बार रोगको कारणले हुने खतराबाट पीडित बच्चामा दुब्लो पातलो र प्रतिरक्षा प्रणाली कमजोर हुनाले वृद्धिमा कमी हुनुका साथै मृत्युको जोखिम हुने गर्छ ।
युनिसेफका बाल पोषण तथा विकास निर्देशक भिक्टर एगुयोले गम्भीर कुपोषणविरुद्ध सङ्घर्ष गरिरहेका करिब २० लाख बालबालिकाको ज्यान बचाउन तत्काल कदम चाल्न आह्वान गरेका छन् ।
विगत दुई वर्षमा विश्वव्यापी द्वन्द्व, जलवायु र आर्थिकमन्दीको परिणामस्वरूप मातृ तथा बाल पोषणबाट प्रभावित देशहरूमा बाल कुपोषण र यससँग सम्बन्धित मृत्यु दरलाई नियन्त्रण गर्न पोषण कार्यक्रमको मापनलाई अनुमति दिएको एगुयोले बताएका छन् ।
यस मुद्दालाई सम्बोधन गरी बालबालिकाको ज्यान बचाउन आहार, उपचार र हेरचाह कोषका लागि नविकरण गरिएको युनिसेफले जनाएको छ । ‘नो टाइम टु वेस्ट २०२४ अपडेट एन्ड कल टु अर्जेन्ट एक्सन’ मा १६ करोड ५० लाख अमेरिकी डलर सहयोगको आह्वान गरिएको छ ।
यसअघि पनि सन् २०२२ मा युनिसेफले १५ वटा प्रभावित देशमा करिब ८० लाख बालबालिकामा कुपोषणलाई सम्बोधन गर्ने उद्देश्यले ‘नो टाइम टु वेस्ट एक्सेलेरेसन प्लान’ सुरु गरेको थियो ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया