जानकी मन्दिरमा कोजाग्रत पर्व बिहीबार

महेन्द्रनगर (धनुषा) । जनकपुरधामको प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा बिहीबार कोजाग्रत (कोजागरा) पर्व मनाइने भएको छ । हिन्दू धर्मावलम्बीले मिथिलामा आज कोजागरा पर्व मनाउने भए पनि जानकी मन्दिरमा बिहीबार मनाइने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले जानकारी दिए ।
उनका अनुसार, यस अवसरमा महोत्तरीको पिपरा गाउँपालिका–६ स्थित रतौलीका स्वर्गीय ब्रह्मदेव ठाकुरको घरबाट प्रत्येक वर्षझैँ यसपालि पनि १०७ पाहुर (भार) जानकी मन्दिरमा ल्याइने छ ।
मन्दिरको पाहुरमा पान, मखान, लड्डु, खाजा, दही, चावल, दाल, तरकारीका अतिरिक्त रामजानकीको लुगा रहने छ । ब्रह्मदेव ठाकुर परिवारका सदस्य नवीन ठाकुरले वर्षौंदेखिको परम्परालाई निरन्तरता दिइने बताए । यो परम्परा एक सय सात वर्षदेखि चल्दै आएको उनले बताए । जानकी मन्दिरका महन्त तपेश्वर दास वैष्णवका अनुसार कोजाग्रत महोत्सवमा रामजानकीको चुमाओन (विशेष पूजा) गरिन्छ । उक्त पूजा आकर्षक हुने गर्छ ।
मिथिलाञ्चलमा नवविवाहित बेहुलाका घरमा पनि कोजाग्रत पर्व मनाउने परम्परा छ । बधु पक्षद्वारा वर पक्षलाई पठाइएको सामग्रीले रमाइलो गरी पासा र पचिसी खेल्ने परम्परा रहेको पण्डित सुरेश झा बताउँछन् ।
आचार्य पण्डित सन्तोषकुमार पाण्डेयका अनुसार, चुमाओन विधिमा शरीरका शीर्षदेखि चरणसम्म पाँचवटा प्रमुख अंगलाई चुमाउने गरिन्छ । हातका पाँचऔँला पञ्च महाभूतका प्रतीक मानिन्छ । पाँच अंगको स्पर्शले शरीर ऊर्जावान् हुने विश्वास मिथिला क्षेत्रमा रहेको आचार्य पाण्डेले बताए ।
कोजाग्रत पर्वलाई जागृति पर्वको रूपमा पनि मानिने र यस पर्वलाई विष्णुत्वको प्रतीकका रूपमा समाजले स्वीकारेको आचार्य पाण्डेको भनाइ छ । मैथिल संस्कृतिको एउटा प्रमुख अंग रहेको यस पर्वमा परिवारका सदस्यले पान, मखान र मिठाइ खाने तथा एकअर्कासँग प्रेमपूर्वक भेटघाट गर्ने चलन रहेको जानकार राजेन्द्र विमलले बताए ।
कोजाग्रतमा टाढाटाढाबाट भक्तजन रामजानकीलाई पान मखान चढाउन आउने पण्डित काशिकान्ता झा बताउँछन् । यस पर्वमा भगवान विष्णुलाई स्मरण गरिन्छ । विष्णुको अवतार राम रहेको, त्यसैले जानकी मन्दिरमा र मिथिलाञ्चलमा ज्वाइँलाई पनि विष्णुकै रूपमा लिने गरिन्छ ।
यस पर्व जनकपुरधाममा महोत्सवकै रूपमा मनाउने परम्परा छ । पारिवारिक समृद्धि र सौभाग्यका लागि यो पर्व मैथिल संस्कृतिअनुसार मनाइन्छ । मैथिल संस्कृतिमा कोजाग्रतलाई निर्मल, धवल एवं शीतल रातकारूपमा मानिन्छ । कोजाग्रतका राति भगवती श्रीलक्ष्मीले स्वयम् निरीक्षण गर्ने र जाग्राम बस्नेलाई धनधान्यले पूर्ण गर्छिन् भन्ने जनविश्वास रहेको जानकारहरू बताउँछन् ।
उदया तिथिलाई जानकी मन्दिरले मान्ने गरेका कारण अन्यले मनाउने कोजाग्रतभन्दा एकदिन ढिलो जानकी मन्दिरमा मनाइने मन्दिरका महन्त तपेश्वर दास वैष्णवले बताए ।
















ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप
यी हुन् मन्त्रिपरिषद्का निर्णय
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
प्रतिक्रिया