आज कार्तिक १ गते बिहिबारको राशिफल,तपाइकाे आजकाे दिन कस्ताे रहला ? हेर्नुहाेस राशिफल

काठमाडौं । आज २०८१ साल कार्तिक १ गते साेमवार र तदनुसार सन् २०२४ अक्टोबर १५ तारिख । असोज शुक्ल पक्षको द्वादशी तिथि । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।
मेष : नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । मन भावुक र उत्ताउलो बन्नसक्छ । प्रेममा मनमुटाव आउनेछ । अनावश्यक धन खर्च पनि हुनेछ ।
वृष :रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ । शेयर बजारमा पनि रुचि बढ्नेछ ।
मिथुन : सजिलै अरूको मन जित्न सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । रोजगारको अवसर पनि मिल्नेछ ।
कर्कट : एउटै कामबाट दोहोरो लाभ हुनसक्छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेम जीवन सुखद् नै रहनेछ । प्राविधिक कार्यमा पनि सफलता मिल्नेछ ।
सिंह : आज निर्णय कार्यान्वयन हुन नसक्ला । आत्मबलमा कमी आउने र मनमा दुबिधा उत्पन्न हुनेछ । बुद्धिले काम नगर्न सक्छ, सचेत रहनु होला ।
कन्या : आज व्यवसायमा सफलता मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ, तर शेयर बजारको लगानी नोक्सानी रहला ।
तुला : शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
वृश्चिक : आज कार्य सिद्धिको योग छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । धार्मिक कार्यमा मन लाग्नेछ, तर समयको भने ख्याल गर्नु पर्नेछ ।
धनु : आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ ।
मकर : आज स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।
कुम्भ : आज कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धर्म र कर्ममा मन पनि लाग्नेछ ।
मीन : आज धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रमको उचित मूल्याङ्कन पनि हुनेछ ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया