शनिबार, वैशाख १९, २०८३

भारतको बिहारमा विषाक्त मदिरा सेवनबाट २० जनाको मृत्यु

मेरोन्यूज २०८१ कार्तिक १ गते १४:५८

सिवान । भारतको उत्तरी राज्य बिहारमा विषाक्त मदीरा सेवन गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ।

Advertisement
NiccNicc

बिहारको सिवान जिल्लाका एसपी अमितेश कुमारले बिहीबार दिएको जानकारीअनुसार विषाक्त रक्सी पिउँदा २० जनाको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

चाप्राका प्रहरी अधिकारी कुमार आशिषले घटनाको थप अनुसन्धानका लागि विशेष अनुसन्धान टोली गठन गरिएको बताएका छन्। उनका अनुसार घटनासँग जोडिएका तीन जनालाई पक्राउ गरिएको छ भने आठ जनाविरुद्ध जायरी दर्ता गरिएको छ।

मृतकमध्ये एक जनाका आफन्तले अक्टोबर १५ मा विषाक्त मदिरा पिएपछि उनका आफन्तको स्वास्थ्य बिग्रिएको बताएका छन्।

बिरामीले अक्टोबर १५ मा विषाक्त मदिरा पिएपछि बुधबार साँझ उनीहरूको स्वास्थ्यमा समस्या आएको र अस्पताल ल्याइएको अर्का एक बिरामीका आफन्तले बताए। 

प्रतिक्रिया