शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी, भारतले सुपुर्दगी गर्ला ?

नयाँदिल्ली। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।बंगलादेशको एक अदालतले हसिनालाई नोभेम्बर १८ सम्ममा उपस्थित हुन आदेश दिएको बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण (आईसीटी) का प्रमुख अभियोजक मोहम्मद ताजुल इस्लामले यो जानकारी दिएका छन् ।
हसिनाविरुद्ध मानवअधिकार उल्लङ्घनका धेरै मुद्दाहरूमा अनुसन्धान भइरहेको छ । उनीमाथि विद्यार्थी आन्दोलनका क्रममा ज्यान गुमाएका धेरै विद्यार्थीको हत्या गरेको पनि आरोप छ । बंगलादेशमा शेख हसिनाको सुपुर्दगीको माग धेरै पटक उठेका छन् भने यस मामिलामा भारत पनि कूटनीतिक संकटको सामना गरिरहेको छ । शेख हसिनाका कारण दुई देशबीचको सम्बन्धमा पनि असर पर्ने अनुमान गरिएको छ ।
भारत र बंगलादेशबीच सन् २०१३ मा सुपुर्दगी सन्धि भएको थियो । अब प्रश्न उठ्छ कि बंगलादेशको अन्तरिम सरकारले शेख हसिनालाई सुपुर्दगीको माग गरेमा भारतले उसको अनुरोध स्वीकार गर्छ ? भारत र बंगलादेशबीचको सुपुर्दगी सन्धिअनुसार सीमा अतिवाद, आतंकवाद र राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने अपराधमा संलग्न अपराधीलाई कुनै एक देशको अनुरोधमा फिर्ता पठाइनुपर्छ । विशेषत: व्यक्ति विरुद्ध लगाइएको आरोपलाई दुवै देशमा दण्डनीय अपराधको रूपमा वर्गीकृत गरिएको छ ।
सिनामाथि नरसंहार र हत्यालगायतका धेरै गम्भीर आरोपहरू लगाइएको छ । सन् २०१६ को परिमार्जन अनुसार सुपुर्दगीका लागि प्रमाणको आवश्यकता पनि खारेज गरिएको छ भने अब कुनै देशको अदालतले पक्राउ पुर्जी जारी गरेमा सुपुर्दगी गर्नुपर्दछ । तर सन्धिको धारा ६ बमोजिम अपराध राजनीतिक प्रकृतिको भए सुपुर्दगी अस्वीकार गर्न सकिने व्यवस्था भने रहेको छ । यसबाहेक, सैन्य अपराधसम्बन्धी मुद्दाहरूमा पनि सुपुर्दगी अस्वीकार गर्न सकिने व्यवस्था छ ।
गत जुलाईमा बंगलादेशमा आरक्षण विरुद्धमा राष्ट्रव्यापी विद्यार्थी आन्दोलन भएको थियो । एक महिनासम्म चलेको आन्दोलनमा चार सयभन्दा बढीले ज्यान गुमाएका थिए । त्यसपछि आक्रोशित विद्यार्थी राजधानी ढाकातिर र्यालीमा उत्रिएका थिए । अगस्ट ५ मा सुरक्षा कारण देखाउँदै शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर सेनाको हेलिकप्टरमा भारत उडेकी थिइन् । त्यसयता शेख हसिनाले भारतमा शरण लिएकी छिन् । उनले अमेरिका र बेलायतको शरण लिन खोजेकी थिइन् । तर दुवै देशले अस्वीकार गरेका थिए ।
















दराजले ल्यायाे ५.५ बिग समर सेल
डब्ल्यूएचओद्वारा दोस्रो ‘हान्टाभाइरस’ सङ्क्रमण पुष्टि
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा साढे दुई लाख विदेशी पर्यटक
२४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया