आज कार्तिक २ गते शुक्रवारकाे राशिफल,तपाइकाे आजकाे दिन कस्ताे रहला ? हेर्नुहाेस राशिफल

काठमाडौं । आज २०८१ साल कार्तिक २ गते शुक्रवार तदनुसार सन् २०२४ अक्टोबर १६ तारिख । असोज शुक्ल पक्षको द्वादशी तिथि । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।
मेष : आज नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नसक्छ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहुन सक्छ ।
वृष :आज धूम्रपान र मद्यपानबाट टाढै रहनुहोला । सामान हराउने वा चोरी हुने भय छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।
मिथुन : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ ।
कर्कट : आज अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । क्षमता प्रदर्शन गर्ने क्रममा प्रतिष्ठा र पदोन्नतिको ढोका खोलिनेछ ।
सिंह : नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।
कन्या : आज दाम्पत्य जीवन सुखमय हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शत्रु पनि पराजित हुनेछन् । धार्मिक यात्राको योग छ ।
तुला : आज आफन्त र प्रिय व्यक्तिसँग भेट घाट होला । शुभकार्यको योजना बन्नेछ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ ।
वृश्चिक : आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अधुरो कार्यको प्रारम्भ हुनेछ । खानपिन र मनोरञ्जनमा अभिरुचि पनि बढ्नेछ ।
धनु : लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । अशुभ दुवै समाचार सुनिएला । मित्रसँग मीठो भेट घाट नरहला ।
मकर : आज शुभ कार्यको योग छ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।
कुम्भ : सामाजिक कार्यमा मन जाला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।
मीन : आज नयाँ कामको योजना बन्ने वा थालनी हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया