भारतका कप्तान रोहित शर्माले किन मागे माफी ?

भारतीय क्रिकेट टीमका कप्तान रोहित शर्माले माफी मागेका छन्। न्यूजिल्यान्डसँग जारी टेस्टमा भारतको लज्जास्पद प्रदर्शनप्रति रोहितले माफी मागेका हुन्।
भारतको बैङ्गलोरमा बिहीवारदेखि टेस्ट म्याच सुरु भएको छ। पहिलो खेलमा भारत न्यूजिल्यान्डविरुद्ध जम्मा ४६ रनमा अलआउट भयो । ९२ वर्षको टेस्ट इतिहासमा पहिलोपटक भारत आफ्नै घरेलु मैदानमा सबैभन्दा कम स्कोरमा अलाउट भएको हो।
यसैको जिम्मेवारी लिँदै भारतीय कप्तान शर्माले गल्ती भएको भन्दै माफी मागेका हुन्।
उनले पिचलाई लिएर ठूलो गल्ती भएको भन्दै टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको बताए। उनले पिचमा पहिलो सेशन क्रिटिकल हुने सोचेको तर, त्यसो नभएको पनि बताए।
पिचमा धेरै घाँस नभएको कारणले टीममा कुलदीप यादवलाई ल्याएको र उनले यस्तो पिचमा राम्रो बलिङ्ग गर्ने गरेको तर, यसपटक आफुहरुले सोँचेको भन्दा उल्टो भएको कप्तान रोहितको भनाइ छ।
यो खेलपछि न्यूजिल्यान्ड भने बलियो स्थितिमा पुगेको छ।
















सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान ः राष्ट्रसङ्घ
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
Tourism entrepreneurs troubled due to lack of separate bus park for tourist buses
दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै
देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
प्रतिक्रिया