भारतका कप्तान रोहित शर्माले किन मागे माफी ?

भारतीय क्रिकेट टीमका कप्तान रोहित शर्माले माफी मागेका छन्। न्यूजिल्यान्डसँग जारी टेस्टमा भारतको लज्जास्पद प्रदर्शनप्रति रोहितले माफी मागेका हुन्।
भारतको बैङ्गलोरमा बिहीवारदेखि टेस्ट म्याच सुरु भएको छ। पहिलो खेलमा भारत न्यूजिल्यान्डविरुद्ध जम्मा ४६ रनमा अलआउट भयो । ९२ वर्षको टेस्ट इतिहासमा पहिलोपटक भारत आफ्नै घरेलु मैदानमा सबैभन्दा कम स्कोरमा अलाउट भएको हो।
यसैको जिम्मेवारी लिँदै भारतीय कप्तान शर्माले गल्ती भएको भन्दै माफी मागेका हुन्।
उनले पिचलाई लिएर ठूलो गल्ती भएको भन्दै टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको बताए। उनले पिचमा पहिलो सेशन क्रिटिकल हुने सोचेको तर, त्यसो नभएको पनि बताए।
पिचमा धेरै घाँस नभएको कारणले टीममा कुलदीप यादवलाई ल्याएको र उनले यस्तो पिचमा राम्रो बलिङ्ग गर्ने गरेको तर, यसपटक आफुहरुले सोँचेको भन्दा उल्टो भएको कप्तान रोहितको भनाइ छ।
यो खेलपछि न्यूजिल्यान्ड भने बलियो स्थितिमा पुगेको छ।













सडक मर्मतमा ढिलाइ गरे पेनाल्टी तिराउँछाैं : मन्त्री घिसिङ
कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार
पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता
शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर लाहानमा
चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
फेरि संवादमा जुटे बालेन र कुलमान
प्रतिक्रिया