पर्यटकलाई थप आकर्षित गर्दैे ‘हात्तीदह सिमसार’

सिरहा। सिरहाको लहान नगरपालिका–१५ स्थित चुरेका फेदमा अवस्थित ‘हात्तीदह सिमसार’ क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको लागि प्रसिद्धस्थल हो । चाडपर्वलाई लक्षित गरि नयाँ संरचना निर्माण गरिएपछि अहिले यस क्षेत्र थप आकर्षण बनेको छ ।
झण्डै तीन वर्षअघि ‘कोइरालो खोला नमूना सामुदायिक वन’भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘इको टुरिजम’ को विकास गरिएपछि यहाँ पुग्ने कोही पर्यटकको मन लोभ्याउने गरेको छ । सिरहा, सप्तरी, धनुषालगायत घनाबस्ती रहेको तराईवासीको लागि शान्त र रमणीयस्थल बनेको छ ‘हात्तीदह सिमसार’ क्षेत्र ।
“पछिल्लो समय यस क्षेत्रमा दैनिक आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।” स्थानीयवासी मुगालाल चौधरीले भने,“पर्यटक दिनदिनै बढेपछि यहाँका स्थानीय हर्षित भएका छन्, हामी हर्षित छौँ ।” पूर्वाधारको विकास गर्दै यसको प्रचारप्रसारलाई व्यवस्थित गरी पर्यटक आगमनमा अझ वृद्धि गर्नुपर्नेमा उनले जोड दिए । असार र भदौ महिनामा पर्यटकको उपस्थिति न्यून हुने भए तापनि चाडपर्व सुरु भएसँगै अहिले पर्यटक सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हात्तीदह सिमसार तथा पर्यटक क्षेत्र संरक्षण तथा सञ्चालक समितिका अध्यक्ष रुद्रनारायण चौधरीले बताए ।
उनले भने,“अरु समयमा भन्दा चाडपर्वमा बढीनै पर्यटक आउँने गर्दछन् । त्यसैले यस वर्षको दसैंँ, तिहार तथा छठ पर्वलाई लक्षित गरि थप विभिन्न संरचना बनाएका थियौँ । सोहीअनुरुप दसैँमा उल्लेख्य मात्रामा पर्यटकको आगमन भयो । जसले गर्दा हामी अझै उत्साहित भएका छौँ ।” अघिल्लो वर्षमात्र एक लाख २१ हजार आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गरेको अध्यक्ष चौधरीले जानकारी दिए ।
लहान नगरपालिका, राष्ट्रपति चुरे संरक्षण विकास कार्यक्रम डिभिजन वन कार्यालय लहान, संसदीय विकास कोष, वृहत् जलाधार व्यवस्थापन कार्यलय उदयपुर लगायतको सहयोगमा यस क्षेत्रलाई पर्यटकीय क्षेत्रमा रुपान्तरण गरिएको हो ।
चुरे पर्वतको फेदमा हरियाली वनजङ्गल, बीचमा ‘बोटिङ’ सहितको स्वच्छ र सफा पोखरी, प्राणी उद्यान केन्द्र सञ्चालन, चिसो हावापानी र शान्त वातावरण यहाँको आकर्षण हुन् । त्यसैगरी ‘चिल्ड्रेन पार्क’ तथा सेल्फी खिच्नका लागि विभिन्न आकर्षक डिजाइनले पर्यटकलाई लोभ्याउने गर्दछ ।
आगामी दिनमा पर्यटकलाई थप आकर्षित गर्नको लागि साहसिक पर्यापर्यटन, सामुदायिक होमस्टे प्रवद्र्धन, घोडा सवारी, पोखरीमाथि ‘सेल्फी पुल’ निर्माण तथा सूचना केन्द्र स्थापना गर्ने जस्ता योजना रहेको अध्यक्ष चौधरीले जानकारी दिए । उनले यस पर्यटकीय क्षेत्रको आन्तरिक आम्दानीबाट स्थानीयको रोजगारीमासमेत सहयोग मिलेको बताए ।
















अष्ट्रेलियामा मुद्रास्फीति घटेर ३.७ प्रतिशतमा, अपेक्षाभन्दा राम्रो स्थिति
निष्पक्ष र पारदर्शीरुपले सभामुखको कार्यसम्पादन गर्नेछु : ज्येष्ठ सदस्य केसी
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
सुनसान सिंहदरबार
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया