रविको पक्राउ बिरुद्ध रास्वपाका कार्यकर्ताद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेलाई पक्राउ गरेको बिरोधमा आज शनिबार काठमाडौंमा रास्वपाका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
रास्वपाका नेता कार्यकर्ताले माइतीघर मण्डलामा लामिछाने पक्राउको बिरोध गर्दै प्रदर्शन गरेका हुन् । लामिछानेलाई हिजो शुक्रबार साँझ सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो । उनलाई शुक्रबार नै पोखरा लगिएको थियो । प्रदर्शनमा उत्रिएका रास्वपाका कार्यकर्ताहरुले सरकारविरुद्ध चर्काे नाराबाजी गरेका छन् ।
लामिछानेलाई संसदीय छानबिन विशेष समितिले पोखराको सुर्य दर्शन लगायतका सहकारीको बचत अपचलन गरेको निष्कर्ष निकालेको थियो । समितिले उनलाई सहकारी बचत अपचलन गरेकोमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
लामिछानेमाथि गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत सो मिडियामा लगेर अपचलन गरेको आरोप छ । प्रदर्शनकारीहरूले वास्तविक सहकारी ठगीलाई कारबाहीको माग गरेका छन् भने रवि लामिछाने निर्दोष रहेको दाबी गरेका छन् । लामिछानेसँग राजनीतिक प्रतिशोध साँध्न खोजिएको पनि रास्वपाका कार्यकर्ताको दाबी छ ।काठमाडौंमा प्रदर्शन गर्नु अघि रास्वपाका कार्यकर्ताले आजै पोखरामा पनि प्रदर्शन गरेका थिए ।











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया