रविको पक्राउ बिरुद्ध रास्वपाका कार्यकर्ताद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेलाई पक्राउ गरेको बिरोधमा आज शनिबार काठमाडौंमा रास्वपाका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
रास्वपाका नेता कार्यकर्ताले माइतीघर मण्डलामा लामिछाने पक्राउको बिरोध गर्दै प्रदर्शन गरेका हुन् । लामिछानेलाई हिजो शुक्रबार साँझ सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो । उनलाई शुक्रबार नै पोखरा लगिएको थियो । प्रदर्शनमा उत्रिएका रास्वपाका कार्यकर्ताहरुले सरकारविरुद्ध चर्काे नाराबाजी गरेका छन् ।
लामिछानेलाई संसदीय छानबिन विशेष समितिले पोखराको सुर्य दर्शन लगायतका सहकारीको बचत अपचलन गरेको निष्कर्ष निकालेको थियो । समितिले उनलाई सहकारी बचत अपचलन गरेकोमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
लामिछानेमाथि गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत सो मिडियामा लगेर अपचलन गरेको आरोप छ । प्रदर्शनकारीहरूले वास्तविक सहकारी ठगीलाई कारबाहीको माग गरेका छन् भने रवि लामिछाने निर्दोष रहेको दाबी गरेका छन् । लामिछानेसँग राजनीतिक प्रतिशोध साँध्न खोजिएको पनि रास्वपाका कार्यकर्ताको दाबी छ ।काठमाडौंमा प्रदर्शन गर्नु अघि रास्वपाका कार्यकर्ताले आजै पोखरामा पनि प्रदर्शन गरेका थिए ।














सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
इनड्राइभद्वारा ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेतालाई ईभी क्याब र ई-स्कुटर प्रदान
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया