पेडारी खोलामा पक्की पुल निर्माण

बाँके । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाको सीमा क्षेत्र पेडारी खोलामा पक्की पुल निर्माण हुने भएको छ । २०६३ सालमा पेडारी खोलाको पुल भत्किएको थियो । नयाँ पुल बनेपछि कोहलपुर र बैजनाथका ग्रामीण क्षेत्रका बासिन्दालाई आवतजावत गर्न सजिलो हुने छ ।
जिल्ला समन्वय समिति बाँकेका सदस्य सन्तराम चौधरीले नयाँ पुल बनेपछि बालबालिकालाई विद्यालय आवतजावत गर्न सजिलो हुने बताए । यो पुल निर्माण भएपछि आवागमनको लागि पूर्व-पश्चिम राजमार्ग पुग्नुपर्ने झण्झट अन्त्य हुने जनाइएको छ । बैजनाथका मर्चरा, गुरुवागाउँ र पेडारी गाउँ तथा कोहलपुर-१५ मा पर्ने चौधरीयालगायतका गाउँका स्थानीयवासी पुलबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।
कोहलपुर-१५ र बैजनाथ-५ र ७ का जनतालाई आवागमनमा सहजताको लागि संघीय सरकारको रु. सात करोडको लागतमा पक्की पुल निर्माण गर्न लागिएको सांसद सूर्य ढकालले बताए । कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले पेडारीमा पक्की पुल निर्माण भएपछि कोहलपुर १५ र बैजनाथ ५ र ७ का वडावासीलाई आवतजावतमा धेरै सहज हुने छ भने ।
















सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
बल्खुकाे सुकुम्बासी बस्तीका एकजना बागमतीमा मृत फेला
सभामुख अर्यालद्वारा बुद्ध जयन्तीको शुभकामना व्यक्त
रुसको ड्रोन आक्रमण तीव्र, अप्रिलमा नयाँ रेकर्ड
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
रुवान्डामाथि नेपालको जित
प्रतिक्रिया