पेडारी खोलामा पक्की पुल निर्माण

बाँके । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाको सीमा क्षेत्र पेडारी खोलामा पक्की पुल निर्माण हुने भएको छ । २०६३ सालमा पेडारी खोलाको पुल भत्किएको थियो । नयाँ पुल बनेपछि कोहलपुर र बैजनाथका ग्रामीण क्षेत्रका बासिन्दालाई आवतजावत गर्न सजिलो हुने छ ।
जिल्ला समन्वय समिति बाँकेका सदस्य सन्तराम चौधरीले नयाँ पुल बनेपछि बालबालिकालाई विद्यालय आवतजावत गर्न सजिलो हुने बताए । यो पुल निर्माण भएपछि आवागमनको लागि पूर्व-पश्चिम राजमार्ग पुग्नुपर्ने झण्झट अन्त्य हुने जनाइएको छ । बैजनाथका मर्चरा, गुरुवागाउँ र पेडारी गाउँ तथा कोहलपुर-१५ मा पर्ने चौधरीयालगायतका गाउँका स्थानीयवासी पुलबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।
कोहलपुर-१५ र बैजनाथ-५ र ७ का जनतालाई आवागमनमा सहजताको लागि संघीय सरकारको रु. सात करोडको लागतमा पक्की पुल निर्माण गर्न लागिएको सांसद सूर्य ढकालले बताए । कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले पेडारीमा पक्की पुल निर्माण भएपछि कोहलपुर १५ र बैजनाथ ५ र ७ का वडावासीलाई आवतजावतमा धेरै सहज हुने छ भने ।











प्रभु बैंकका सिइओ अशोक शेरचन हाजिरी जमानीमा रिहा
प्रचण्डसँग सञ्चारमन्त्री खरेलको भेटवार्ता
नवनियुक्त परराष्ट्रमन्त्री शर्माले लिए शपथ
महोत्तरीमा चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
प्रतिक्रिया