वडाको बजेटमा ज्येष्ठ नागरिकलाई तीर्थाटन
मेरोन्यूज
२०८१ कार्तिक ३ गते १७:२६

कञ्चनपुर । बेलौरी नगरपालिका ४ नम्बर वडा कार्यालयले ज्येष्ठ नागरिकलाई दुई वर्षदेखि तीर्थयात्रा गराउँदै आएको छ । वडा कार्यालयले बजेट विनियोजन गरेर देशका प्रमुख तीर्थयात्रामा सरिक गराएको हो ।
चालु आवमा विनियोजन गरिएको रु. दुई लाख ५० हजार बजेटबाट २५ जना ज्येष्ठ नागरिक मुक्तिनाथको यात्रामा गएका छन् । यात्रामा सहभागी ज्येष्ठ नागरिक ६८ वर्ष माथिका छन् ।
गत वर्ष ३० जना ज्येष्ठ नागरिकलाई काठमाडौँस्थित पशुपतिनाथ र मनकामना दर्शन गराइएको थियो । वडा कार्यालयबाट ज्येष्ठ नागरिकलाई तीर्थयात्रासँगै निःशुल्क स्वास्थ्य शिविर, न्याना लुगा वितरण हुँदै आएको छ । ज्येष्ठ नागरिकप्रति समाजले आदर गर्नुपर्छ भन्ने भावनाका साथ बजेट विनियोजन गरिएको वडाध्यक्ष अर्जुन ढकालले बताए ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया