वडाको बजेटमा ज्येष्ठ नागरिकलाई तीर्थाटन
मेरोन्यूज
२०८१ कार्तिक ३ गते १७:२६

कञ्चनपुर । बेलौरी नगरपालिका ४ नम्बर वडा कार्यालयले ज्येष्ठ नागरिकलाई दुई वर्षदेखि तीर्थयात्रा गराउँदै आएको छ । वडा कार्यालयले बजेट विनियोजन गरेर देशका प्रमुख तीर्थयात्रामा सरिक गराएको हो ।
चालु आवमा विनियोजन गरिएको रु. दुई लाख ५० हजार बजेटबाट २५ जना ज्येष्ठ नागरिक मुक्तिनाथको यात्रामा गएका छन् । यात्रामा सहभागी ज्येष्ठ नागरिक ६८ वर्ष माथिका छन् ।
गत वर्ष ३० जना ज्येष्ठ नागरिकलाई काठमाडौँस्थित पशुपतिनाथ र मनकामना दर्शन गराइएको थियो । वडा कार्यालयबाट ज्येष्ठ नागरिकलाई तीर्थयात्रासँगै निःशुल्क स्वास्थ्य शिविर, न्याना लुगा वितरण हुँदै आएको छ । ज्येष्ठ नागरिकप्रति समाजले आदर गर्नुपर्छ भन्ने भावनाका साथ बजेट विनियोजन गरिएको वडाध्यक्ष अर्जुन ढकालले बताए ।
सम्बन्धित
















यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, यस्ताे छ आज देशभरकाे माैसम
आज माघ ७ गते बुधबार, कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया