माल्दिभ्सको पोस्टमा नेपालको ११ गोल

काठमाडौं। रेखा पौडेलको पाँच गोलसँगै नेपालले साफ महिला च्याम्पियन २०२४ को समूह चरणको दोस्रो खेलमा माल्दिभ्सविरुद्ध सानदार जित हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंशालामा सोमबार भएको खेलमा नेपालले ११–० को जित हासिल गरेको हो। नेपालले साफमा माल्दिभ्सविरूद्व हात पारेको यो अहिलेसम्मकै फराकिलो जित हो।
यसअघि सन् २०१६ मा पनि ९–० माल्दिभ्सलाई पराजित गरेको थियो। जितसँगै नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ। नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो।
नेपालको चार अंक छ। भुटानको पनि समान चार अंक छ। भुटानले माल्दिभ्स र नेपालले श्रीलंकासँग समूहचरणको अन्तिक खेल खेल्ने छ। यही खेलबाट समूहविजेताको टुंगो लाग्ने छ।
नेपाललाई पहिलो जित दिलाउन रेखा पौडेलले सर्वाधिक पाँच गोल गरिन्। यस्तै, प्रीति राईले ह्याट्रिक गोल गर्दा र सविता रानामगर, अमिसा कार्की र अनितता केसीले समान एक गोल गरिन्। पहिलो हाफमा नेपालले चार गोल गरेको थियो।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया