आफ्नाे सन्तान नभएकाेमा भावुक भए अनुपम खेर

काठमाडौं । बलिउड अभिनेता अनुपम खेरले किरण खेरसँग सन् १९८५ मा विवाह गरेका थिए । दुवैको प्रेमको निकै चर्चा भएको थियो।
हालै अनुपमले आफ्नो व्यक्तिगत जीवनको बारेमा कुरा गरेका छन् । एक पोडकास्टमा अनुपम खेरलाई सोधिएको थियो कि, तपाईंलाई आफ्नो बच्चा नभएकाेमा दुख लाग्छ ? जवाफमा अनुपमले भने, ‘अवश्य पनि, मलाई मेरो आफ्नै सन्तान नहुँदा दुख लाग्छ । यस्ताे पहिला हुँदैन थियाे, तर पछिल्ला ८-१० वर्षदेखि म एक्लो महसुस गर्दैछु। मेरा छोराछोरी सानादेखि ठूला हुँदै गएको देखेको भए सायद त्यो खुशी अर्कै हुने थियो । म यो कुरा इमान्दारीपूर्वक भन्दैछु।’
अनुपम खेरले थप भने, ‘म मेरो जीवनमा धेरैजसो समय व्यस्त थिएँ, तर अहिले ५०–५५ वर्षको उमेरमा मलाई एक शून्यता महसुस भएको छ । किरण र सिकन्दर पनि आ-आफ्नो जीवनमा व्यस्त भएकाले पनि यस्ताे भएकाे हाे।’
अनुपमले आफ्नो पहिलो श्रीमती मधुमालती र किरणले आफ्ना पती व्यापारी गौतम ब्यारीसँग सम्बन्धविच्छेद गरेपछि सन् १९८५ मा दुवैले एकअर्कासँग विवाह गरेका थिए । उनीहरुले विवाह गर्दा किरणका छोरा सिकन्दर चार वर्षका थिए ।













माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड
कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
प्रतिक्रिया