समिर भट्टबारे के भन्छन् दीपकराज गिरी ?

काठमाडौं । अभिनेता तथा निर्माता दीपकराज गिरीले हालै रिलिज भएको फिल्म १२ गाउँका अभिनेता समिर भट्टको प्रशंसा गरेका छन् ।
एक टेलिभिजन शोमा अन्तरवार्ता दिने क्रममा दीपकराजले समिर धेरै ठुलो सम्भावना बोकेको अभिनेता भएको बताए । कार्यक्रम सञ्चालकले समिरको तस्बीर देखाएर कुन रुपमा चिन्नुहुन्छ भनि साधेपछि जवाफमा उनले भने ‘इडस्ट्रीले पाएको नयाँ स्टार र धेरै ठुलो सम्भावना बोकेको, डान्स, एक्टीङ लगायतको फुल प्याकेज भनिन्छ, मैले उनीमा आफ्नो छोरा देख्नुपर्छ, र देख्छुपनि । यो पुस्ताले मात्रै कति खाने ?’
उनले हरेक १० वर्षमा चलचित्र क्षेत्रले केही नयाँ खोज्ने बताए । ‘हरेक १० वर्षमा सिनेमाले केही न केही चिज परिवर्तन खोज्छ ,यसपाली खोज्यो र यो कुरालाई मैले स्वीकार गर्न सकिँन भने म बिरामी हुन्छु’ दीपकराज भने । उनी आफु बिरामी हुने बाटोमा नरहेको पनि स्पष्ट पारे ।
कार्यक्रम सञ्चालकले समिरमा सुपरस्टार हुने सम्भावना छ भन्दै सोधेका थिए । जवाफमा दीपकराजले भने, ‘डेफिनेट्लि छ, तर यहाँ भनिले सोकल्ड ट्यागलाइन वाला सुपरस्टार नभएर चलचित्र क्षेत्रलाई काँधमा बोक्नसक्ने हुनुपर्छ ।’










साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै
माइतीघरमा प्रदर्शनमा उत्रिएका मिराजसहितका जेनजी युवा पक्राउ
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना
इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु
सुनकाे मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ताेलाकाे ?
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया