समिर भट्टबारे के भन्छन् दीपकराज गिरी ?

काठमाडौं । अभिनेता तथा निर्माता दीपकराज गिरीले हालै रिलिज भएको फिल्म १२ गाउँका अभिनेता समिर भट्टको प्रशंसा गरेका छन् ।
एक टेलिभिजन शोमा अन्तरवार्ता दिने क्रममा दीपकराजले समिर धेरै ठुलो सम्भावना बोकेको अभिनेता भएको बताए । कार्यक्रम सञ्चालकले समिरको तस्बीर देखाएर कुन रुपमा चिन्नुहुन्छ भनि साधेपछि जवाफमा उनले भने ‘इडस्ट्रीले पाएको नयाँ स्टार र धेरै ठुलो सम्भावना बोकेको, डान्स, एक्टीङ लगायतको फुल प्याकेज भनिन्छ, मैले उनीमा आफ्नो छोरा देख्नुपर्छ, र देख्छुपनि । यो पुस्ताले मात्रै कति खाने ?’
उनले हरेक १० वर्षमा चलचित्र क्षेत्रले केही नयाँ खोज्ने बताए । ‘हरेक १० वर्षमा सिनेमाले केही न केही चिज परिवर्तन खोज्छ ,यसपाली खोज्यो र यो कुरालाई मैले स्वीकार गर्न सकिँन भने म बिरामी हुन्छु’ दीपकराज भने । उनी आफु बिरामी हुने बाटोमा नरहेको पनि स्पष्ट पारे ।
कार्यक्रम सञ्चालकले समिरमा सुपरस्टार हुने सम्भावना छ भन्दै सोधेका थिए । जवाफमा दीपकराजले भने, ‘डेफिनेट्लि छ, तर यहाँ भनिले सोकल्ड ट्यागलाइन वाला सुपरस्टार नभएर चलचित्र क्षेत्रलाई काँधमा बोक्नसक्ने हुनुपर्छ ।’
















Man killed in wild boar attack
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
सुरक्षित गर्भपतन सेवा असुरक्षित स् रोकिएन अकालमा आमाहरुको मृत्यु
दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया