खेलकुद क्षेत्रको विकासका लागि भगीरथ प्रयास

काठमाडौँ । युवा तथा खेलकुद क्षेत्रको विकासका लागि पाँचवटा नीतिगत तथा कानुनी सुधारका प्रयास प्रारम्भ भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा नीति, २०८१ को मस्यौदा तयार गरी त्यसमा रायसँगै प्रस्तावित कार्यक्रममा सहमति दिन अर्थ मन्त्रालयसमक्ष अनुरोध गरेको छ ।
वर्तमान सरकारको एक सय दिनको उपलब्धिमा मन्त्रालयले राष्ट्रिय खेलकुद नीतिको मस्यौदा तयार गरी अर्थ मन्त्रालयमा पठाएको विषयलाई समावेश गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को संशोधन मस्यौदा तयार भए तापनि त्यस सम्बन्धमा कानुन, न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयकोसहमति लिन भने बाँकी रहेको जनाइएको छ ।
यसअवधिमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका तथा खर्चको आधार, २०८१ को मस्यौदामा मन्त्रालयको तर्फबाट पुनरावलोकन गरी अन्य प्रक्रियाका लागि राष्ट्रिय खेलकुद परिषद् पठाइएको उक्त मन्त्रालयले जनाएको छ ।
काठमाडौँमा निर्माण हुने मूलपानी क्रिकेट रङ्गशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन तयारीलाई पनि खेलकुद मन्त्रालयले प्रगति विवरणमा समावेश गरेको छ ।















विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
प्रतिक्रिया