नस्रल्लाहका उत्तराधिकारी हाशेम सफीद्दिनको मृत्यु भएको इजरायलको दाबी

काठमाडौँ । इजरायली सेना (आइडिएफ) ले यस महिनाको सुरुमा बेरुतमा भएको इजरायली हवाई आक्रमणमा हेजबुल्लाहका अधिकारी हाशेम सफीद्दिनको मृत्यु भएको दाबी गरेको छ ।
हिज्बुल्लाहको कार्यकारी परिषद्का प्रमुख तथा हसन नस्राल्लाहको उत्तराधिकारीसमेत मानिएका सफीद्दिनको सेप्टेम्बरकै आक्रमणमा मृत्यु भएको द टाइम्स अफ इजरायलले जनाएको छ । आइडिएफका अनुसार हाशेम हसन नस्रल्लाहका भाइ थिए ।
इजरायली सेनाका अनुसार अक्टोबर–४ मा भएको आक्रमणमा हिजबुल्लाहको गुप्तचर मुख्यालयका कमान्डर हुसेन अली हाजिमासँगै सफीद्दिनको मृत्यु भएको थियो ।
सेनाले लेबनान आक्रमणले बेरुतमा रहेको हेजबुल्लाहको भूमिगत गुप्तचर मुख्यालयलाई लक्षित गरेको जनाएको छ ।
आक्रमणको समयमा शीर्ष कमाण्डरसहित हिजबुल्लाहको गुप्तचर डिभिजनका २५ जनाभन्दा बढी सदस्यहरू मुख्यालयमा रहेको आईडीएफलाई उदृत गर्दै द टाइम्स अफ इजरायलले जनाएको छ ।
आक्रमण पछि सफीद्दिन सम्पर्क विहिन रहेको उल्लेख गर्दै आइडिएफले बुधबार सफीद्दिनको मृत्युको पुष्टि गरेको हो यद्देपी हिजबुल्लाहले भने अहिलेसम्म उनको मृत्युको पुष्टि गर्ने कुनै तथ्य जारी गरेको छैन ।
सामाजिक सञ्जाल एक्समा मार्फत आईडीएफले हिजबुल्लाह कार्यकारी परिषद्का प्रमुख हाशेम सफीद्दीन र हेजबुल्लाहको गुप्तचर मुख्यालयका कमान्डर अली हुसेन हाजिमाको दहिहमा हिजबुल्लाहको मुख्यालयमा गरेको आक्रमणमा मृत्यु भएको जनाएको छ ।
हाशेम हेजबुल्लाहका पूर्व नेता हसन नस्रल्लाहका भाई तथा हिजबुल्लाहका प्रमुख निर्णय कर्ता थिए । नस्रल्लाहको अनुपस्थितीमा हाशेमले हिजजबुल्लाहको महासचिवको रूपमा काम गरेका थिए ।
यस अघि सेप्टेम्बर –२८ मा आइडिएफले बेरुतमा इजरायली सेनाले गरेको आक्रमणमा हसन नस्रल्लाहको हत्या भएको पुष्टि गरेको थियो ।
















संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्दै
विद्युत् सेवाको पहुँचले फेरियो खैराङवासीको जीवनशैली
सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया