काठमाडौंकाे मेयरमा बालेन र चलचित्रमा समिर भट्टको उदय एउटै हो : सन्तोष सेन

काठमाडौं । निर्माता तथा निर्देशक सन्तोष सेनले नेपाली चलचित्र क्षेत्रमा समिर भट्टको उदय काठमाडौं महानगरपालिको मेयरमा बालेन शाहको जस्तै भएको बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै उनले यस्तो बताएका हुन् । ‘जसरी महानगरमा बालेनको उदय भएको थियो, त्यस्तै उदय समीर भट्टको हो । पूर्णरुपमा तयार भएर आएको थियो तर इन्डस्ट्रीको एकजनाले पनि उसलाई सपोर्ट गरेन’ उनले भने ।
समिर इन्डस्ट्रीमा आउँदा फिल्म उद्योगका कोही पनि खुसी नरहेको सेनको भनाइ छ । ‘ऊ जसरी इन्डस्ट्रीमा तयार भएर आयो, यसप्रति कोही पनि खुसी छैनन्, ’ उनले भने , ‘विराज भट्टजस्तो सुपरस्टारले आफ्नो छोरालाई १०-१५ वर्षसम्म तयार पारेर विश्व के हो भनेर हिंड्ने डुल्ने उमेरमा ट्रेनिङमा हालेर योद्धा बनाउनु चानचुने कुरा हो ? समीरलाई घुम्न मन थिएन होला र ?’
समीर भट्ट नेपाली फिल्मलाई विश्वमा चिनाउने कलाकार बन्ने सन्तोषले दाबी गरे । ‘एउटा नयाँ अनुहार आएको छ, यसलाई कसरी ब्रान्डिङ गर्ने ? अब यो मान्छे भनेको नेपाली चलचित्र क्षेत्रमा मात्रै होइन । अब विश्वमा चिनाउने नयाँ नेपाली कलाकार एउटा मात्रै हुन्छ’ उनले भने ।















विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
प्रतिक्रिया