काठमाडौंकाे मेयरमा बालेन र चलचित्रमा समिर भट्टको उदय एउटै हो : सन्तोष सेन

काठमाडौं । निर्माता तथा निर्देशक सन्तोष सेनले नेपाली चलचित्र क्षेत्रमा समिर भट्टको उदय काठमाडौं महानगरपालिको मेयरमा बालेन शाहको जस्तै भएको बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै उनले यस्तो बताएका हुन् । ‘जसरी महानगरमा बालेनको उदय भएको थियो, त्यस्तै उदय समीर भट्टको हो । पूर्णरुपमा तयार भएर आएको थियो तर इन्डस्ट्रीको एकजनाले पनि उसलाई सपोर्ट गरेन’ उनले भने ।
समिर इन्डस्ट्रीमा आउँदा फिल्म उद्योगका कोही पनि खुसी नरहेको सेनको भनाइ छ । ‘ऊ जसरी इन्डस्ट्रीमा तयार भएर आयो, यसप्रति कोही पनि खुसी छैनन्, ’ उनले भने , ‘विराज भट्टजस्तो सुपरस्टारले आफ्नो छोरालाई १०-१५ वर्षसम्म तयार पारेर विश्व के हो भनेर हिंड्ने डुल्ने उमेरमा ट्रेनिङमा हालेर योद्धा बनाउनु चानचुने कुरा हो ? समीरलाई घुम्न मन थिएन होला र ?’
समीर भट्ट नेपाली फिल्मलाई विश्वमा चिनाउने कलाकार बन्ने सन्तोषले दाबी गरे । ‘एउटा नयाँ अनुहार आएको छ, यसलाई कसरी ब्रान्डिङ गर्ने ? अब यो मान्छे भनेको नेपाली चलचित्र क्षेत्रमा मात्रै होइन । अब विश्वमा चिनाउने नयाँ नेपाली कलाकार एउटा मात्रै हुन्छ’ उनले भने ।














गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै
सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते
Gagan Thapa elected Nepali Congress Chairman
माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया