सलमान खानलाई धम्की दिने व्यक्ति पक्राउ

मुम्बई । सलमान खानलाई धम्की दिएर ५ करोड भारतीय रुपैयाँ माग्ने २४ वर्षीय शेख हुसेन शेख मौसिन पक्राउ परेका छन् । मुम्बईको वर्ली प्रहरीले उनलाई झारखण्डको जमशेदपुरबाट बुधबार पक्राउ गरेको हो । उनलाई आज झारखण्डबाट ट्रान्जिट रिमाण्डमा मुम्बई ल्याइएको छ ।
जमशेदपुरका तरकारी विक्रेता रहेका शेखले गत हप्ता मुम्बई ट्राफिक प्रहरीलाई ह्वाट्सएप कल गरेर फिरौती मागेका थिए। उनले आफूलाई लरेन्स गिरोहको सदस्य घोषणा गरेका थिए । मुम्बईका एक प्रहरी अधिकारीले दिएको जानकारी अनुसार म्यासेज पठाउने व्यक्तिको खोजी गर्न तत्कालै अनुसन्धान थालिएको थियो ।
यसैबिच, प्रहरीले पछि सोही मोबाइल नम्बरबाट माफीको सन्देश प्राप्त गरेको थियो। प्रहरीले त्यो नम्बरलाई झारखण्डमा ट्रेस गर्यो र आरोपीलाई पक्राउ गर्न टोली पठाएको थियो। मुम्बई पुलिसका अनुसार धम्कीपूर्ण सन्देशमा लेखिएको थियो– ‘यसलाई हल्का रूपमा नलिनुहोस् । यदि सलमान खान जीवित रहन र लरेन्ससँगको दुस्मनी अन्त्य गर्न चाहन्छन् भने उनले ५ करोड रुपैयाँ तिर्नुपर्नेछ । पैसा नदिए सलमानको हालत बाबा सिद्दिकीको भन्दा खराब हुनेछ ।’
गत १२ अक्टोबरमा सलमानका निकटतम मित्र तथा एनसीपी नेता बाबा सिद्दिकीको हत्या भएको थियो । यो हत्याको जिम्मेवारी लरेन्स गिरोहले लिएको थियो । लरेन्स गिरोहले पनि सलमान खानलाई धेरै वर्षदेखि मार्ने धम्की दिइरहेको छ । यस्तो अवस्थामा बाबा सिद्दिकीको हत्यापछि सलमानको सुरक्षा बढाइएको छ ।











तनहुँमा ५९ हजार कुखुराको बिमा
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा ‘क्रिसमस डे’ मनाउँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया