सलमान खानलाई धम्की दिने व्यक्ति पक्राउ

मुम्बई । सलमान खानलाई धम्की दिएर ५ करोड भारतीय रुपैयाँ माग्ने २४ वर्षीय शेख हुसेन शेख मौसिन पक्राउ परेका छन् । मुम्बईको वर्ली प्रहरीले उनलाई झारखण्डको जमशेदपुरबाट बुधबार पक्राउ गरेको हो । उनलाई आज झारखण्डबाट ट्रान्जिट रिमाण्डमा मुम्बई ल्याइएको छ ।
जमशेदपुरका तरकारी विक्रेता रहेका शेखले गत हप्ता मुम्बई ट्राफिक प्रहरीलाई ह्वाट्सएप कल गरेर फिरौती मागेका थिए। उनले आफूलाई लरेन्स गिरोहको सदस्य घोषणा गरेका थिए । मुम्बईका एक प्रहरी अधिकारीले दिएको जानकारी अनुसार म्यासेज पठाउने व्यक्तिको खोजी गर्न तत्कालै अनुसन्धान थालिएको थियो ।
यसैबिच, प्रहरीले पछि सोही मोबाइल नम्बरबाट माफीको सन्देश प्राप्त गरेको थियो। प्रहरीले त्यो नम्बरलाई झारखण्डमा ट्रेस गर्यो र आरोपीलाई पक्राउ गर्न टोली पठाएको थियो। मुम्बई पुलिसका अनुसार धम्कीपूर्ण सन्देशमा लेखिएको थियो– ‘यसलाई हल्का रूपमा नलिनुहोस् । यदि सलमान खान जीवित रहन र लरेन्ससँगको दुस्मनी अन्त्य गर्न चाहन्छन् भने उनले ५ करोड रुपैयाँ तिर्नुपर्नेछ । पैसा नदिए सलमानको हालत बाबा सिद्दिकीको भन्दा खराब हुनेछ ।’
गत १२ अक्टोबरमा सलमानका निकटतम मित्र तथा एनसीपी नेता बाबा सिद्दिकीको हत्या भएको थियो । यो हत्याको जिम्मेवारी लरेन्स गिरोहले लिएको थियो । लरेन्स गिरोहले पनि सलमान खानलाई धेरै वर्षदेखि मार्ने धम्की दिइरहेको छ । यस्तो अवस्थामा बाबा सिद्दिकीको हत्यापछि सलमानको सुरक्षा बढाइएको छ ।
















भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छः राष्ट्रपति
President Paudel lays foundation for Bhanu Literary Park in Tanahu
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
Chinese Ambassador calls on Minister Pokharel
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
प्रतिक्रिया