१४० भन्दा बढी रोहिंग्या शरणार्थी इन्डोनेसियामा

काठमाडौ। पश्चिमी इन्डोनेसियामा बिहीबार कम्तिमा १४६ रोहिंग्या शरणार्थीहरू आइपुगेको स्थानीय अधिकारीले बताएका छन् । अधिकारीका अनुसार समुद्रको अवस्था शान्त भएपछि उत्पीडित अल्पसङ्ख्यक शरणार्थीहरू आगमन पुनः बढेको छ ।
मुस्लिम समुदायका रोहिंग्याहरूलाई म्यानमामा असमानता र आफ्ना अधिकारहरु बाट वञ्चित भई हरेक वर्ष मलेसिया, इन्डोनेसियालगायतका देशमा पुग्न लामो र खतरापूर्ण समुद्री यात्रा गर्ने गर्छन् ।
उत्तरी सुमात्रा प्रान्तको पान्ताई लाबु सहरमा अवतरण गरेको डङ्गामा ६४ जना पुरुष, ६२ जना महिला र २० जना बालबालिका शरणार्थीहरू रहेको स्थानीय अधिकारी मुहम्मद फैसल नसुसनले बताउनु भएको छ ।
उहाँका अनुसार शरणार्थीहरूलाई स्थानीय जिल्ला कार्यालय स्थित अस्थायी आश्रयमा लगिएको जहाँ उनीहरू स्थानान्तरणको प्रतीक्षामा छन् ।
नासुसनले भोका नाङ्गा तथा तकित अवस्थामा रहेका शरणार्थीहरूलाई स्थानीयहरूले कपडा तथा खाद्यान्न उपलब्ध गराएको बताएका छन्।
उनीहरू संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (युएनएचसीआर) को स्थानान्तरणको थप निर्देशनको प्रतिक्षामा रहेको र शरणार्थीहरूलाई सहयोगार्थ एउटा टोली घटनास्थलमा रहेको इन्डोनेसियामा युएनएचसीआरका लागि सुरक्षा सहयोगी फैसल रहमानले बताएका छन् ।
उत्तरी सुमात्राको सिमानामा रहेको दक्षिणी आचेहको तटबाट एक माइल टाढा एक सय भन्दा बढी शरणार्थीको अर्को समूह रहेको उल्लेख गर्दै युएनएचसीआरले बिहीबार उनीहरूको उद्धारको योजना बनाएको जनाएको छ ।
















युएइमा इरानी मिसाइल र ड्रोन आक्रमण : ३ जना घाइते
विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल
मौसम पूर्वानुमान: आज यी प्रदेशमा वर्षाको सम्भावना
आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया