नन्दन फाडनिस लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौँ। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)का लागि नन्दन फाडनिसलाई मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको छ ।
गोवा क्रिकेट संघमा खेलाडीहरूलाई प्रशिक्षण गरेका फाडनिसले यो भन्दा अगाडि नेपालको राष्ट्रिय क्रिकेट टिमलाई पनि प्रशिक्षण गरिसकेका छन् ।
नेपाली राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेल मार्की प्लेअर रहेको लुम्बिनीले यसअघि राष्ट्रिय टिमका पूर्व खेलाडी शक्ति गौचनलाई कन्सलट्यान्ट प्रशिक्षक नियुक्त गरिसकेको छ। फाडनिसले लुम्बिनीको प्रशिक्षक बन्दा खुशी व्यक्त गर्दै राम्रो नतिजा हासिल गर्ने विश्वास व्यक्त गरे ।
मुख्य प्रशिक्षक नन्दन फाडनिसले भने, ‘लुम्बिनी लायन्स क्लबमा हेड कोचको रुपमा समावेश हुन पाउँदा म अत्यन्तै उत्साहित छु । रोहित पौडेलको कुशल नेतृत्वमा लुम्बिनी लायन्सले उत्कृष्ट प्रदर्शन गर्दै विजय हासिल गर्नेछ भन्ने कुरामा म विश्वस्त छु ।‘
त्यस्तै क्लबका मालिक इश्वर जिसीले फाडिनसले नेपाल र भारत दुवै देशको क्रिकेट र क्रिकेटरसँग काम गरेकोले रणनीतित बनाउन सहज हुने बताए ।
जिसीले भने, ‘नन्दन फाडनिसलाई हेड कोचको रुपमा नियुक्त गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं । उहाँले नेपाल र भारत दुवैको क्रिकेट र क्रिकेटरहरुलाई राम्रोसँग नियाल्नु भएको हुँदा क्लबको आगामी रणनिती तय गर्न निकै सहज हुनेछ । त्यस्तै भारतको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए) मा पनि प्रशिक्षण गरेको वहाँको अनुभवले हाम्रा खेलाडीहरुलाई विजय हासिल गर्न राम्रो मार्गदर्शन प्राप्त हुनेमा हामी विश्वस्त छौं ।’
फाडनिसको उपस्थितीले लुम्बिनी लायन्सले लिगमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास क्लबले लिएको छ ।













कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
PM extends greetings of Tamu Lhosar, Maipru Naku
शंकर पोखरेलको प्रश्न : गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया