बिहीबार, वैशाख १७, २०८३

बजाजले ल्यायो मोटरसाईक साटा–साटको आकर्षक योजना: आजै बनाउँ नयाँ

मेरोन्यूज २०८१ कार्तिक ८ गते १८:००

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले मोटरसाईकल साटा–साटको आकर्षक योजना शुरू गरेको छ ।

Advertisement
NiccNicc

यस योजना अन्तर्गत जुन सुकै मोडल र जुनसुकै ब्राण्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाईकल साटा–साट गर्न सकिन्छ ।

हंसराज हुलास चन्द एण्ड कम्पनी प्रा.लि का निर्देशक अभिमन्यु गोल्छाले बजाज बाईकको लोकप्रियता र ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै यो सुनौलो योजना शुरु गरेको जानकारी दिए ।

भण्डै ८० भन्दा धेरै देशमा लोकप्रियता हासिल गरेको बजाज मोटरसाइकलको यो साटासाट कार्यक्रम अन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्था गरिनुका साथसाथै यस कार्यक्रम अन्तर्गत मोटरसाइकल साटासाट गरेका ग्राहकहरूलाई निःशुल्क बजाज मोटरसाइकलका सामग्रीहरु उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।

यो योजना यही कार्तिक ८ गतेदेखि शुरू भएको छ ।

प्रतिक्रिया