शुक्रबार, वैशाख १८, २०८३

राप्ती नदिमा डुबेर ३ बालीकाको मृत्यु

मेरोन्यूज २०८१ कार्तिक ८ गते १८:०६

दाङ । दाङको राप्ती नदिमा नुहाउने क्रममा डुबेर ३ बालिकाको मृत्यु भएको छ ।

Advertisement
NiccNicc

लमही नगरपालिका–२ रनियाँपुर निवासी वर्ष १२ की झरना चौधरी, वर्ष १२ कि निशा चौधरी, गढवा गापा–४ खडकपुर हाल लमही नगरपालिका –५ लमही गल्ली बस्ने १२  वर्षीया कृष्टी चौधरीको डुबेर मृत्यु भएको दाङ प्रहरी जानकारी दिएको छ ।

मृतक कृष्टी चौधरीले गोरखा मोडेल सेकेण्डरी स्कुल लमही कक्षा ८ मा, झरना चौधरीले राप्ती गाउँपालिकाको पत्थर गढवा स्थित रहेको मार्टिन एकेडेमी कक्षा ४ मा र निशा सोही विद्यालयको कक्षा ६ मा अध्ययनरत विद्यार्थी हुन् ।

मृतक बालिकाहरुको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया