७ वर्षपछि मामा गोविन्दालाई भेट्न गए कृष्णा अभिषेक

काठमाडौं । भारतीय अभिनेता गोविन्दा र उनका भान्जा तथा कमेडियन कृष्णा अभिषेकबीचको झगडा टुंगिएको छ।
हालै कृष्णाले आफ्नो ७ वर्ष पुरानो झगडा बिर्सेर मामा गोविन्दको घर पुगेर उनको हालखबर सोधे।
मामालाई भेटेपछि कृष्णाले भने, ‘अष्ट्रेलियाबाट फर्किएपछि मामाको घर गएँ। ७ वर्षपछि मामाको घर जाँदा आधा वनवास पूरा गरेको जस्तो लाग्यो। उहाँ ठिक हुनुहुन्छ। मैले उहाँसँग लगभग १ घण्टा बिताएँ र सात वर्षपछि नम्मो (गोविन्दाकी छोरी टीना आहूजा) सँग भेटेँ। यति धेरै इमोशनल मोमेन्ट थियो। मैले उनलाई अँकमाल गरेँ। मलाई खुशी लाग्यो किनकी त्यहाँ विगतको कुरा भएन।’
केही समयअघि आफ्नै लाइसेन्स प्राप्त रिभल्भर सफा गर्ने क्रममा गल्तीले गोली चल्दा गोविन्दाको खुट्टामा लागेको थियो। त्यसपछि उनी अस्पताल भर्ना भएका थिए। उपचारको तीनदिनपछि डिस्चार्ज भएका उनी यतिखेर घरमा आराम गरिरहेका छन्।
सन् २०१६ मा कृष्णाको एउटा अभिव्यक्तिले मामासँगको सम्बन्ध बिग्रिएको थियो। कपिल शर्मा शोमा उनले गोविन्दालाई आफ्नो मामा बनाएर राखेको बताए। उनको यो कुरा गोविन्दालाई मन परेन। कृष्णाको अभिव्यक्तिको टिप्पणी गर्दै गोविन्दाले भनेका थिए, ‘पैसाको लागि टेलिभिजनमा कसैको बेइज्जती गर्न हुँदैन।’














गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै
सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते
Gagan Thapa elected Nepali Congress Chairman
माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया