रामजानकी विवाह महोत्सव आयोजना गर्न समिति गठन

जनकपुरधाम। मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले जनकपुरधाममा आगामी मङ्सिर २१ गते आयोजना हुने रामजानकी विवाह महोत्सवलाई भव्य, व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक तयारीको विवरण तयार पार्न शिक्षा तथा सँस्कृति मन्त्री रानी शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले महोत्सवअन्तर्गत गरिने कार्यक्रम, आयोध्याबाट आउने जन्तीका लागि वासलगायतका गृहकार्य, मेला भर्न आउने श्रद्धालुभक्तजना तथा साधुसन्तका लागि वास प्रबन्ध आदिका विषयमा गर्नुपर्ने कामका बारेमा सरकारलाई प्रतिवेदन दिनुपर्ने गरी गठन गरिएको सो समितिमा स्वास्थ्य तथा जनसँख्या मन्त्री शत्रुधनप्रसाद सिँह, खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोदकुमार जायसवाल, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, उद्योग र वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँ सदस्य रहेका छन्।
त्रेतायुगमा आध्योध्या नरेश दशरथका पुत्र रामचन्द्र र मिथिला नरेश जनक नन्दिनी जानकीबीच विवाह भएको स्मरणमा जनकपुरधाममा मङ्सिर शुक्ल पञ्चमीका दिन रामजानकी विवाहोत्सव मनाइन्छ।
रामजानकी विवाहोत्सवका अवसरमा जनकपुरधाममा साताव्यापी विभिन्न कार्यक्रमका साथ वैवाहिक विधिविधान पुरा गर्ने गरिन्छ । नगर दर्शनबाट सुरु हुने विवाह महोत्सवका क्रममा नगर दर्शन, फुलबारी लीला, धनुषयज्ञ, तिलकोत्सव, मटकोर, विवाह र रामकलेवा आदि गरिन्छ।
महोत्सवमा सहभागी हुन देशविदेशका लाखौँ श्रद्धालुभक्तजन तथा साधुसन्त जनकपुरधाम आउने गर्छन्। प्रदेश सरकारले गठन गरेको समितिले विवाह महोत्सवलाई व्यवस्थित, सहज र आकर्षक बनाउन आवास, भोजन, खानेपानी, शौचालय, विद्युत्, स्वास्थ्यसेवा, यातायात, सुरक्षा आदिका लागि गर्नुपर्ने कामको विस्तृत विवरण तयार गर्नेछ।













मुख्य र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग
त्रिशूलीमा माछा मार्ने क्रममा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुन सक्ने आशंका
President Paudel pays tributes to nation builder Prithvi Narayan Shah
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
प्रतिक्रिया