देशको रक्षाका निम्ति सबै दल एकजुट हुनुपर्छ : नेता गुरुङ

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले राष्ट्रिय एकता बलियो बनाई देशलाई सङ्कटबाट जोगाउन सबै दल एकजुट हुनुपर्ने बताएका छन् ।
शुक्रबार लमजुङ सुन्दरबजार नगरपालिका–१ कुन्छामा माओवादी केन्द्र जिल्ला समन्वय समितिद्वारा आयोजित जनयुद्धका सहिद एकबहादुर सुनारको २६ औँ स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै नेपालीलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिए ।
सत्तापक्ष र विपक्ष, एक दल र अर्को दल नभनी एकले अर्कोलाई दबाउने खेल भइरहेकाले यसलाई रोक्न सके मात्रै मुलुक समृद्ध बन्ने र बाहिरी शक्तिको चलखेल नहुने उनको भनाइ छ ।
उनले आफ्नो पार्टीले परम्परागत भन्दा पनि विचार, नीति र लाइनको आधारमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । उनले भने, “पार्टी यतिबेला रचनात्मक ढङ्गले सरकारको विरोध, समर्थन गर्दै राष्ट्रियताको केन्द्र, प्रजातन्त्र र सुशासन कायम गर्न प्रतिबद्ध छ ।”











प्रभु बैंकका सिइओ अशोक शेरचन हाजिरी जमानीमा रिहा
प्रचण्डसँग सञ्चारमन्त्री खरेलको भेटवार्ता
नवनियुक्त परराष्ट्रमन्त्री शर्माले लिए शपथ
महोत्तरीमा चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
प्रतिक्रिया